Logo

नेप्से ५४ अंकले बढ्दा कारोबार रकम साढे ६ अर्बमा खुम्चियो, लगानीकर्ताको आकर्षण जलविद्युत र विकास बैंकमा

नेप्से ५४ अंकले बढ्दा कारोबार रकम साढे ६ अर्बमा खुम्चियो, लगानीकर्ताको आकर्षण जलविद्युत र विकास बैंकमा



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ५४ अंकले बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ५४.१२ अंकले बढ्दै २८५७.७५ अंकमा पुगेर अडियो ।

बिहीबार बजारमा नेप्से परिसुचक बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनमा घट्न पुगेको छ । बुधबार ८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा बिहीबार ६ अर्ब ६६ करोड रुपैयाँको मात्र कारोबार भएको छ । दिनभर कुल २२४ कम्पनीको १ करोड १८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत र विकास बैंकमा देखिएको छ । लामो समयदेखि बजार घट्दा जलविद्युत, विकास बैंक र फाइनान्स कम्पनीको सेयरबाट पीडित भएका लगानीकर्ताको आकर्षण पुन सोही समुहका कम्पनीहरुमा देखिएको छ ।

समुहगत रुपमा सबैभन्दा बढी जलविद्युत समुहका परिसुचक ४.९ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ३.२ प्रतिशत र विकास बैंक समुहको परिसुचक २.९४ प्रतिशतले उकालो लागेको छ । यसैगरी बजारमा लगानी समुहको परिसुचक ३.२९ अंकले उकालो लाग्दा बीमा समुहहरु पनि २ प्रतिशतभन्दा बढीले बढ्न पुगेका छन् । दोहोरो अंकले बढेको बजारमा अतिरिक्त समुहको परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL