Logo

बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन : बैठक सकेसम्म भर्चुअल गर्नु, एटिएमको ढोका खुल्लै राख्नु

बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन : बैठक सकेसम्म भर्चुअल गर्नु, एटिएमको ढोका खुल्लै राख्नु



काठमाडौं । अब बैंकहरुले आफ्ना बैठक, गोस्ठी, सेमिनार, तालिमलगायतका क्रियाकलापहरु भर्चुअल माध्यमबाटै गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

laxmi

केन्द्रिय बैंकले पछिल्लो समय अन्तरराष्ट्रिय स्तरमा फैलिईरहेको कोरोनाको नयाँ स्वरुप नेपालमा पनि फैलिने क्रममा रहेको भन्दै यसको नियन्त्रण र रोकथामका लागि यस्ता कार्यक्रमहरु सकेसम्म भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको हो ।

यस्तै राष्ट्र बैंकले बैंकहरुका एटिएमहरुको ढोका खुल्लै राखी सेनिटाईजरको व्यवस्था गर्नुपर्ने र भिडभाड कम गर्ने नीति अवलम्बन गर्नसमेत निर्देशन दिएको छ । यस्तै बैंकमा पनि धेरै भिडभाड हुन नदिने, कर्मचारीहरुलाई कोरोना संक्रमण न्युनीकरणमा जोड दिनेलगायतका निर्देशनहरु राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL