Logo

कुलमान घिसिङ भन्छन : ‘काठमाडौंमा आजदेखि बत्ति जाँदैन’

कुलमान घिसिङ भन्छन : ‘काठमाडौंमा आजदेखि बत्ति जाँदैन’



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आजदेखि बत्ती जाने समस्या नआउने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले बढि लोड हुने स्थानमा ट्रान्सफर्मर परिवर्तन गर्ने कार्य सम्पन्न गर्न लागेकाले यो समस्याबाट मुक्ति पाईने बताएका हुन् । पछिल्लो समय काठमाडौंमा प्राधिकरणले अनुमान गरेभन्दा बढि लोड आएकाले ट्रान्सफर्मर जल्ने, फिडर जल्ने, एमसीबी झर्नेलगायतका समस्या उत्पन्न भएका थिए । जसका कारण उपभोक्ताले प्राधिकरणमाथि थुप्रै गुनासो गर्ने गरेका थिए ।

‘खासगरी पानी परेको दिनभन्दा ४ दिनअघि देखि काठमाडौंमा लोड बढ्न थालेको थियो,’ उनले भने, ‘लोड बढेपछि सम्बन्धित स्थानको एमसीबी झर्ने वा कतिपय स्थानमा ट्रान्सफर्मरसमेत जल्ने समस्या आएका थिए ।’

उनले एमबसीबी झरेका स्थानमा तत्कालै समस्या समाधान भएपनि ट्रान्सफर्मर र फिडर नै जलेका स्थानमा भने फिडर र ट्रान्सफर्मर परिवर्तन गर्न केहि समय लागेको बताए । ‘हालसम्म समस्याग्रस्त भएका ट्रान्सफर्मरहरु बढि लोडसहितका ट्रान्सफर्मरले परिवर्तन गर्ने कार्य अन्तिम चरेमा पुगेकाले समस्या समाधान भयो भनेका हौं,’ उनले भने, ‘हामीसँग विद्युत नभएर बत्ती बेलाबेलामा गएको भन्ने अफबाह छ त्यो सत्य होईन ।’

लगातार बत्ती जाने आउने गरेपछि बजारमा विद्युत नपुगेर अन अफ भएको भन्ने अफवाहलाई खण्डन गर्दै उनले विजुलीको माग जति आएपनि पुर्याउन सक्ने अवस्था रहेको बताए ।

उनले सबै क्षेत्रमा प्राविधिक समस्या देखिने र सोही अनुसार समाधान गर्दै जाने काम भईरहेको बताए । उनले प्राधिकरणका कर्मचारीहरु पानीमा भिज्दै पनि काम गरिरहेको बताए । ‘हामीले समस्या आएको स्थानमा सकेसम्म चाँडो विद्युत सेवा पुर्याउन काम गर्दै आएका छौं,’ उनले भने, ‘तर केही स्थानमा काम गर्न ढिलाई भएकाले जनताले भनेकै समयमा विजुली नपाएका हुन् ।’\

उनले हाल विद्युतको पिक डिमान्ड १७ सय मेगागाटसम्म पुगेको बताए । दिउँसो घटेर १५ सय मेगावाट पुग्ने विद्युतको डिमान्ड बेलुका बढेर १७ सय मेगावाट पुग्ने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL