Logo

दिनभर उतारचढाव आएको बजार अन्तमा सामान्य घट्यो, ९४ कम्पनीका लगानीकर्ताले गुमाउँदा कारोबार ३ अर्बमै सिमित

दिनभर उतारचढाव आएको बजार अन्तमा सामान्य घट्यो, ९४ कम्पनीका लगानीकर्ताले गुमाउँदा कारोबार ३ अर्बमै सिमित



काठमाडौं । मंगलबार सेयर बजार खुलदेखि नै उतारचढाव आएको नेप्से परिसुचक अन्तमा सामान्य गिरावट आएको छ । बजार खुलेको केही समयमै ३४ अंकले गिरावट आएको बजार केही समयमै १३ अंकले बढ्न पुगेको थियो । तर बजार बन्द हुँदा नेप्से परिसुचक २.६६ अंकले घट्दै २ हजार ५ सय १९ अंकमा झरेर अडिएको छ ।

laxmi

झिनो अंकले ओरालो बजारमा बैंक, माईक्रोफाइनान्स, बीमा, होटललगायतका समुहका परिसुचक घट्न पुगेका छन् । तर बजारमा उत्पादनमुलक, जलविद्युत, विकास बैंक, व्यापारलगायतका समुहको परिसुचक भने बढेका छन् ।

घट्दो बजारमा कारोबार रकमले पनि साथ छाडेको छ । सोमबार कुल ५ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार घट्दै ३ अर्ब १२ करोड रपैयाँमा सिमित भएको छ ।

नेप्सेमा अघिल्लो दिनमात्रै सुचिकृत भएको मध्यभोटेकोशीको सेयर मुल्यमा बढेर सर्किट लागेको छ भने अन्य कम्पनीको सेयर मुल्य ५ प्रतिशतभन्दा माथि बढ्ने सकेको छैन । तर सामान्य गिरावट आएको बजारमा गुर्खाज फाइनान्सको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ । सामान्य ओरालो लागेको बजारमा ९४ कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । दिनभर बजारमा २३० कम्पनीको ५८ लाख २८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL