Logo

कच्चा तेलको मूल्यमा ‘ओमिक्रोन’ प्रभाव, कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल

कच्चा तेलको मूल्यमा ‘ओमिक्रोन’ प्रभाव, कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल



काठमाडौं । विश्व बजारमा कच्चा तेलको बजार अझै पनि कोरोना भाइरसको नयाँ संस्करण ‘ओमिक्रोन’ बाट प्रभावित भएको छ । केही दियता लगातार ओरालो लागेको कच्चा तेलको मूल्य सोमबार बिहानको सत्रमा झण्डै पाँच प्रतिशतले बढेको थियो ।

तर, साँझको अन्त्यसम्म सो मूल्य स्थिर रहन सकेन र कारोबारको अन्त्यमा डब्ल्यूटीआई क्रुड (कच्चा तेल) प्रति ब्यारेल ६९.९५ मा झर्यो । गत साताको अन्तिम कारोबार दिनमा ब्रेन्ट क्रुड लगभग १३ प्रतिशतले घटेको थियो ।

शुक्रबार विश्व बजारको लागि धेरै खराब दिन रहेको थियो । कोभिड–१९ भाइरसको नयाँ भेरियन्टबारे सोही दिन तथ्य सार्वजनिक थाहा भएको थियो । त्यसपछि सेयर बजारदेखि वस्तु बजारसम्ममा उथलपुथल आएको थियो । कोरोनाको नयाँ भेरियन्टका कारण सिर्जित परिस्थितिले बाधा पु¥याए कच्चा तेलको मागमा कमी आउने र सम्हाल्न गाह्रो हुने विश्लेषकहरूको दाबीसँगै बजार तल झरेको थियो ।

यसकारण शुक्रबार कारोबारको अन्त्यमा अमेरिकी बेन्चमार्क डब्ल्यूटीआई कच्चा प्रति ब्यारेल १०.२४ डलर अर्थात १३.०६ प्रतिशतले घटेर ६८.१५डलरमा झरेको थियो । त्यस दिन ब्रेन्ट क्रुडको मूल्य पनि ९.५० डलर अर्थात ११.५५ प्रतिशतले घटेर ७२.७२ डलर प्रति ब्यारेल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL