Logo

भृकुटी मण्डपमा शुरु भयो फुटवेयर एक्स्पो, १५० देखि १० हजारसम्मका जुत्ताचप्पल उपलब्ध

भृकुटी मण्डपमा शुरु भयो फुटवेयर एक्स्पो, १५० देखि १० हजारसम्मका जुत्ताचप्पल उपलब्ध



काठमाडौं । भृकुटी मण्डपमा जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । नेपाल फुटवेयर्स म्यानुफ्चर्स एसोसिएसनको आयोजनामा आजदेखि उक्त मेला शुरु भएको हो ।

laxmi

कोरोना पछिको अर्थतन्त्र चलायमान बनाउँदै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप मेलाका आयोजना गरिएको एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद फुयालले जानकारी दिए । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण हामी उद्योगी व्यवसायीहरु ठूलो मारमा परेका थियौं,’ उनले भने, ‘अबका दिनमा उद्योग व्यवसाय संचालन गर्दै अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने उद्देश्य अनुरुप चुत्ता चप्पल व्यापार मेला आयोजना गरेका हौं ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उद्योग समितिका सभापति भिमलाल पा्रड्याले मेलाले नेपाली जुत्ता चप्पलको बजारीकरणका साथै प्रवद्र्धन सहज हुने बताए । ‘हामी जुत्ता चप्पलमा आत्मनिर्भर भैसकेका छौं,’ उनले भने, ‘अबको १० बर्षसम्म विदेशी जुत्ता चप्पल आयात रोकिएपनि नेपाली उत्पादनले धान्ने छ ।’

यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीको सीपबाट स्वदेशमै उत्पादित जुत्ता चप्पलको प्रवद्र्धन र बजारीकरणका सबैले साथ दिनुपर्ने बताए । ‘यदि नेपाली जुत्ता चप्पल उद्योगका केही समस्या छन् भने उक्त समस्या समाधान गर्न महासंघका तर्फबाट पहल गछौं,’ उनले भने । साथै कोरोना पछिको अर्थतन्त्र चलायनमा सबै सबै उद्योगी व्यवसायीहरु एक भएर अघि बढनुपर्ने समेत उनको तर्क थियो ।

मेलामा सबै बर्गलाई लक्षित गरी जुत्ता तथा चप्पलहरु राखिएको छ । जहाँ १५० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध रहेको मेला आयोजक कमिटिले जानकारी दिएकोे छ । १८ दिनसम्म चल्ने उक्त मेलामा २ लाख अबलोकनकर्ता आउने आँकल गरिएको छ भने जसबाट ५ करोड रुपैयाँको जुत्ता तथा चप्पल बिक्री हुने अपेक्षा गरिएको छ । मेलामा विभिन्न २५ कम्पनीको ५० ओटा ब्राण्डहरु उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL