Logo

३ जिल्लालाई ‘फ्रि वाइफाइ जोन’ बनाउँदै एनटीए

३ जिल्लालाई ‘फ्रि वाइफाइ जोन’ बनाउँदै एनटीए


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले ३ जिल्लालाई ‘फ्रि वाइफाइ जोन’ बनाउने भएको छ । पहिलो चरणमा म्याग्दी, गोरखा तथा दार्चुलालाई ‘फ्रि वाइफाइ’ जिल्ला बनाउन लागिएको प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास शाखा प्रमुख पुरुषोत्तम खनालले जानकारी दिए । ‘म्याग्दी जिल्लालाई सो अभियानको ‘पाइलट प्रोग्राम’को रुपमा निःशुल्क वाइफाइ उपलब्ध गराउन लागेका छौं,’ उनले भने ।

उनका अनुसार म्याग्दीमा निःशुल्क वाइफाइ राख्न विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको छ । अव केहि दिन भित्रै वाइफाई उपलब्ध गराइने छ । म्याग्दीमा वाइफाइ राख्नका लागि महावीर पुनको विशेष योगदान रहेको एनटीएले जानकारी दिएको छ ।

एनटीएले विद्यालय, स्वाथ्य चौकी, गाउ विकास समिति तथा नगरपालिका कार्यालयहरुमा निःशुल्क वाइफाइ उपलब्ध गराउन लागेको हो । सो कार्यका लागि प्राधिकरणलाई स्थानीय निकायले सहयोग गर्ने छ ।

जसअनुसार स्थानीय निकायले सम्भाव्यता तथा प्राविधिक अध्ययन गर्ने बताइएको छ । त्यस्तै सो अध्ययनमा लाग्ने खर्च भने एनटीएले  ग्रामिण दुरसञ्चार विकास कोषबाट उपलब्ध गराउने खनालले जानकारी दिए । गाउँ–गाउँमा इण्टरनेट सेवा पुर्याउनका लागि ग्रामिण दुरसञ्चार कोष खडा खरिएको छ । सो कोषमा अर्बौ रकम हुँदा पनि हालसम्म कार्यान्वयमा आउने सकेको थिएन ।

इन्टरनेट सेवा प्रदायकहरुले सेवा दिन स्थानलाई लक्षित गरी  प्राधिकरणले वाइफाइ उपलब्ध गराउन लागेको हो । ‘गाउँमा धेरै मुनाफा नहुने भन्दै इन्टरनेट सेवा प्रदायकहरुले सेवा दिदैनन्,’ उनले भने, ‘त्यसैले प्राधिकरणले यस्तो अभियान चलाएको हो ।’ प्राधिकरणले जिल्लाका दुर्गम तथा ग्रामिण भेगमा मात्र यस्तो सेवा उपलब्ध गराउने बताइएको छ ।

त्यस्तै दोश्रो चरणमा गोरखा तथा दार्चुलामा पनि निःशुल्क वाइफाइ उपलब्ध गराइने छ । विस्तारै ७५ ओटै जिल्लामा निःशुल्क वाइफाइ सेवा पुर्याउने लक्ष्य रहेको समेत खनालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL