Logo

नेपाल लाइफको सिइओ प्रसाईको राजिनामा स्वीकृत, कामुको जिम्मा चौधरीलाई

नेपाल लाइफको सिइओ प्रसाईको राजिनामा स्वीकृत, कामुको जिम्मा चौधरीलाई



काठमाडौं । नेपाल लाइफ इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको राजिनमा स्वीकृत भएको छ । उनले बुझाएको राजिनामालाई कम्पनी संचालक समितिको २१ गते बसेको बैंठकले उनको राजिनामा स्वीकृत गरेको हो । प्रसाईले आफ्नो व्यक्तिगत तथा घरायसी कारणले गर्दा सीईओ पदमा रही काम गर्न नसक्ने भन्दै संचालन समिति समक्ष राजिनामा दिएका थिए ।

laxmi

सीईओ प्रसाईको राजिनामा स्वीकृतसँगै सञ्चालक समितिले सोही बैंठकले डेपुटी सिइओको जिम्मेवारी सुशिल कुमार चौधरीलाई दिएको छ ।

कम्पनीको तत्कालिन सीईओ विवेक झाको अवकास पछि ४ बर्षे कार्यकालका लागि नियुक्त भएका प्रसाई आफ्नो कार्यकाल ९ महिना पनि पुरा नभई बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL