Logo

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध



काठमाडौँ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् ।

laxmi

यही कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा नियुक्ति गर्ने छ ।

अध्यक्षका लागि बुधबारसम्म उम्मेदवारी दिने समय तोकिएकोमा उनको मात्र आवेदन परेपछि उनी निर्विरोध भएका हुन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय हाल संघका उपाध्यक्ष हुन् । अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल पुरा भएपछि उक्त पद खाली हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL