Logo

एकमुष्ट पुनर्कर्जाका लागि बैंकहरुसँग आवेदन माग, ३ देखि ५ प्रतिशतमा रकम उपलब्ध गराउने

एकमुष्ट पुनर्कर्जाका लागि बैंकहरुसँग आवेदन माग, ३ देखि ५ प्रतिशतमा रकम उपलब्ध गराउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकहरुलाई पुनर्कर्जा दिने भएको छ । बैंकले पुनर्कर्जा कार्यविधि २०७७ (तेस्रो संशोधन)सहित एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको लागि बैंकहरुसँग आवेदन माग गरेको हो ।

laxmi

यो व्यवस्थाअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरिएको हो ।

राष्ट्र बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।

पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेश गर्नुपर्नेछ । संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्नेछ । आवेदनको लागि छनौट गरिएको कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्नेछ ।

यसैगरी पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्नेछ । आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुनुपर्नेछ । इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिइरहेको शाखामा पुनरकर्जा माग गरी निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL