Logo

दूरसञ्चार सेवामा उच्च प्रतिस्पर्धा, मोबाइलमा एनसेल इण्टरनेटमा टेलिकम अघि

दूरसञ्चार सेवामा उच्च प्रतिस्पर्धा, मोबाइलमा एनसेल इण्टरनेटमा टेलिकम अघि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

नेपालका दूरसञ्चार सेवाप्रदायकबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । खासगरी नेटवर्क विस्तार तथा सेवा विक्रीमा उनीहरुबीच प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ । सूचना प्रविधिमा पहुँच वृद्धिसँगै मोबाइल तथा इण्टरनेट प्रयोगकर्ता बढेपछि कम्पनीहरु प्रतिस्पर्धी बन्दै गएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार अहिले नेपालका ९५ दशमलव २८ प्रतिशत जनता टेलिफोनको पहुँचमा पुगेका छन् । त्यस्तै, इण्टरनेटको पहुँचमा ३४ दशमलव ०९ प्रतिशत जनता पुगिसकेका छन् । पहुँचमा पुगेका सेवाग्राहीलाई आकर्षण गर्दै आफ्नो सेवा विक्री गर्न उनीहरुबचीको प्रतिस्पर्धा तिव्र देखिएको हो ।

nepal telecomप्राधिकरणकाअनुसार अहिले नेपालको दूरसञ्चार बजारको  मोबाइल सेवामा एनसेल र इण्टरनेटमा नेपाल टेलिकम अघि देखिएका छन् । झण्डै ६ वर्षपछि इण्टरनेट  सेवामा नेपाल टेलिकम एनसेल भन्दा अघि बढ्न सफल भएको देखिएको छ । प्राधिकरणकाअनुसार २०७१, भदौंसम्ममा टेलिकमका इण्टरनेट सेवाग्राही ४९ लाख १० हजार पुगेका छन् । यो सङ्ख्या प्रतिस्पर्धी एनसेलको भन्दा झण्डै १० लाखले बढी हो ।

इण्टरनेट सेवामा पछि परे पनि मोबाइल सेवामा भने एनसेल नै एक नम्बरमा छ । पछिल्लो तथ्याङ्कअनुसार एनसेलका मोबाइल सेवा प्रयोगकर्ता १ करोड २० लाख २८ हजार पुगेका छन् । यो सङ्ख्या प्रतिस्पर्धी टेलिकमको भन्दा करीब ९ लाखले बढी हो ।

नेपाली दूरसञ्चार बजारको ठूलो हिस्सा दुई टेलिकम कम्पनी एनसेल र नेपाल टेलिकमले ओगेटेका छन् । टेलिफोनमा एनसेलको ४८ प्रतिशत र टेलिकमको ४५ प्रतिशत हिस्सा रहेको छ । त्यसपछि स्मार्ट टेलिकमको ५ प्रतिशत र यूटीएलको २ प्रतिशत हिस्सा ओगेटेका छन् । इण्टरनेटमा टेलिकमले ५४ र एनसेलले ४४ प्रतिशत हिस्सा ओगेटेका कछन् । आईएसपी र यूटीएलले इण्टरनेट बजारको १÷१ प्रतिशत हिस्सा ओगेटेका छन् ।

ग्राहक आधार र बजार हिस्सामा एनसेल र नेपाल टेलिकम अघि अघि भएपनि वृद्धिदरमा भने स्मार्ट अगाडी छ । पछिल्ला दुई आर्थिक वर्षमा स्मार्ट टेलिकमको वृद्धिदर उच्च रहेको छ ।

ncell 1

प्रतिस्पर्धा बढ्दै जादा भारतीय लगानी रहेको यूटीएल र चौधरी समूहको लगानी रहेको सीजी कम्यूनीकेशन (एसटीएम)ले भने बजार हिस्सा समेत गुमाउँदै गएका छन् । सेवा विस्तार गर्न नसक्नु तथा भएका ग्राहकलाई समेत सन्तुष्ट दिन नसक्दा दुई सेवा प्रदायकले बजार हिस्सा गुमाउँदै गएका हुन् ।

हाल नेपालको कुल जनसंख्याको ९५ दशमलव २८ प्रतिशत जनता टेलिफोनको पहुँचमा पुगिसकेका छन् । त्यस्तै, इण्टरनेटको पहुँचमा ३४ दशमलव ०९ प्रतिशत जनता पुगिसकेका छन् । प्रतिस्पर्धाले नै नेटवर्क विस्तार हुन गई पुहँच समेत वृद्धि भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL