Logo

‘एक्स्पोले नेपाली बस्तुको अन्तरराष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सहयोग पुर्याउने छ’

‘एक्स्पोले नेपाली बस्तुको अन्तरराष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सहयोग पुर्याउने छ’


रामराजा श्रेष्ठ
0
Shares

मेलाको मुख्य उद्देश्य वाणिज्य क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन सहजिकरण नै हो । यहाँ समान विक्री मात्र नभई विभिन्न देशमा सामग्री प्रदर्शनीका लागि पनि राखिने छ । जसले गर्दा भविश्यक दुई देशबीच व्यापार व्यवसाय गर्न सहयोग पुर्याउने छ । भोलीदेखि शुरु हुने ‘नेपाल चेम्वर एक्स्पो’को वारेरमा केन्द्रित रहेर चेम्वर एक्स्पोका संयोजक राष्ट्रभुषण चाकुबजीसँग बिजखबरले गरेको कुराकानी ः

मेलाको तयारी पुरा भयो  ?

मेलाको तयारी पूर्ण भइसकेको छ । स्टल बुकिङको काम सकिसकेका छौं । हालसम्म झण्डै १ सय ८० बुकिङ भईसकेका छन् । तर, हाम्रो योजना भन्दा यो केही कमी हो । चेम्बरले भुकम्प जानुभन्दा पहिला ३ सय ५० वटा स्टर राख्ने तयारी गरेको थियो । तर, भुकम्प तथा नाकाबन्दीले गर्दा अहिले २ सयभन्दा कम स्टल हुने भएको छ ।

नाकाबन्दीले एक्स्पोलाई कत्तिको असर पारेको छ ?

ठूलो असर पारेको छ । कतिपय एक्जिव्युटरले सामान नै नभएको भन्दै एक्स्पोमा भाग लिएका छैनन् । एक्स्पोमा भाग लिन चाहदाँ चाहदै पनि सामान अभाव भएका कारण मेलामा समभागी हुन सकिरहेका छैनन । त्यो हाम्रो लागि एकदमै ठूलो घाटा हो । तर, पछिल्लो समय केही सहजता र सडकमा गाडीको चाप बढ्न थालेपछि मेला गर्न लागेका हौं ।

एक्स्पो मुख्य उद्देश्य के हो ?

मुख्य उद्देश्य वाणिज्य क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन सहजिकरण नै हो । मेलाले व्यापार प्रवद्र्धनका लागि पुलको रुपमा काम गर्ने छ । मेलामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय उत्पादनहरु हुनेछन् । चेम्बर एक्स्पोको कन्ट्री पार्नरको रुपमा रहेको छ । मेलाको मुख्य आकर्षण नै कोरियन सामग्री हुने छन् । मेलामा विभिन्न देशमा उत्पादनहरु किन्न तथा अवलोकन गर्न पाइने छ । यस्तै नेपाली बस्तुको अन्तरराष्ट्रिय स्तरमा बजारीकरण गर्नु हो । विभिन्न देशका व्यवसायीहरुको सहभागिता हुने भएकाले नेपाली उत्पादनको ब्राण्डिङ गर्न मुख्य भुमिका खेल्ने छ ।

मेलामा कुन–कुन देशको समभागीता रहने छ ?

मुख्य त दक्षिण कोरिया नै हो । कोरियाको छुट्टै पेभिलिएन हुनेछ । जहाँ ४० भन्दा बढी कम्पनीको सहभागिता हुने छ । त्यसैगरी, बंगालदेश, पाकिस्तान, चीन, भारतलगायतका मुलुकको समभागिता हुने छ । मेलामा विभिन्न देशका व्यवसायीहरुबीच अन्तरक्रिया हुने हुँदा दुई देशबीच व्यापारिक सम्बन्ध विस्तारका लागि पनि सहयोग पुग्ने छ ।

आर्थिक सम्भाव्यताको कुरा गर्दै हुनुहुन्छ । के मेलाले त्यो उद्देश्य पुरा गर्छ ?

पक्कै पनि गर्छ । मेलाको उद्देश्य व्यापार मात्र होइन विभिन्न देशबीच आर्थिक सम्बन्ध बढाउनु पनि हो । उदाहरणका लागि यस पटक कोरियन कम्पनीको ठूलो सहभागिता हुनेछ । नेपाली व्यवसायीहरुले ती कम्पनीको वारेमा अध्ययन गर्ने मौका पाउनेछन्् भने उनीहरुले पनि नेपालको वारेमा अध्ययन गर्नेछन् । यदि मेलाले राम्रो सन्देश दिन सक्यो भने ती कम्नपीहरुले नेपालमा पनि उद्योग लगाउन सक्छन् । जसले गर्दा व्यापार बृद्धिका लागि सहयोग पुर्याउने छ ।

चेम्बर एक्स्पोलाई बढी प्रचारप्रसार गर्दै आउनु भएको छ । एक्स्पोमा आउने भिजिटरले के–कस्ता सामान पाउन सक्छन् ?

यो विजनेश कन्नजुमर फेयर हो । यसमा चुलोदेखि अफिससम्म चाहिने सामान पाउन सक्नेछन् । फर्निचर, इलोक्ट्रोनिक्सदेखि फेसन वयर, विभिन्न देशका खानादेखि दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामग्री पाइने छ । यस्तै, ग्राहकले मेलामा वाहिरभन्दा सस्तोमा सामान पाउने छन् ।

समग्रमा मेलाको बारेमा के भन्न चाहनुहुन्छ ?

यस अघि भएका मेला क्षेत्रगत रुपमा भइरहेको छ । जहाँ क्षेत्रगत उत्पादनको मात्र मेला हुँदै आएको छ । तर, नेपाल चेम्बर अफ कमर्शले गर्न लागेको एक्स्पो त्योभन्दा पृथक छ । एक्स्पोमा ग्राहकले एउटै छानामुनि सवै किसिमका सामग्री पाउनेछन् । यस्तै, हामीले दैनिक रुपमा २ देखि ५ जनासम्मलाई डोर प्राइजको व्यवस्था गरेका छौं । मेलामा विभिन्न देशका सामग्री हुने भएकाले दर्शकलाई भरपुर मनोरञ्जन दिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL