Logo

सेयर बजारबारे चेम्बरको धारणा : राष्ट्र बैंकको नीतिका कारण बजार घट्यो, अफवाह फैलाउनेलाई पनि नियमन गरौं

सेयर बजारबारे चेम्बरको धारणा : राष्ट्र बैंकको नीतिका कारण बजार घट्यो, अफवाह फैलाउनेलाई पनि नियमन गरौं



काठमाडौं । नेपाल चेम्बर अफर कमर्सले पछिल्लो समय सेयर बजारमा आएको अस्वभाविक गिरावटले लगानीकर्ताहरु चरम निराशामा गएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले दैनिक २० २१ अर्बको कारोबार भई ४२ खर्व बढीको पूजीकरण भई नेप्से परिसुचक इन्डेक्स ३२ सय १७ को हाराहारी पुगिसकेको बजार हाल आएर करिव ४ अर्वको कारोबार र लगभग ६५० इण्डेक्स तथा पूजीकरणमा आएको गिरावट सँगै लगानीकर्ताले अर्वौ रकम गुमाएको बताएको हो । यस्तो यस परिस्थितिले लगानीकर्तामा चरम निराशा तथा हतोत्साहित मनस्थिति उत्पन्न भएको चेम्बरको भनाई छ ।

laxmi

बजारमा हुने सामान्य उचारचढावलाई बजारको विशेषताकै रुपमा लिने गरिन्छ तर कुनै नीतिका कारण बजारमा अस्वाभाविक गिरावट आउने वा आउन सक्ने अवस्था देखिएमा त्यस उपर गहन रुपमा विष्लेषण गरेर मात्र नीति नियम ल्याउनु पर्ने चेम्वरको धारणा छ ।
विभिन्न आर्थिक गतिविधि तथा व्यापार व्यवसाय र वित्तिय क्षेत्रमा निजीक्षेत्रको ठूलो लगानी तथा योगदान रहेको चेम्बरले विज्ञप्तिमा उल्लेख गरेको छ । अन्य उद्योग व्यवसायको तुलनामा पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताको सँख्या र स सानो पूँजी लगानी भएका लगानीकर्ताहरु सँख्या धेरै हुनाले स–साना समाचार, नीति र अभिव्यक्तिकै कारण प्रभावित भई सहि निर्णय गर्न नसक्दा ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य हुने अवस्था आएको चेम्बरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

धितोपत्र बजारमा आएको बृद्धिका कारण पूजीगत लाभकर बापत हाल सम्मकै उच्च राजश्व संकलन भएको र नेपाल स्टक एक्सचेञ्जको नाफामा भएको बृद्धि सँगै अप्रत्यक्ष रुपमा नेपाल सरकारको आयमा समेत बृद्धि भई रहेको छ । बजारमा लगभग ४५ लाखको हाराहारीमा डिम्याट खाता खुली सकेको र लगभग २६ लाखको हाराहारिमा सक्रिय लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा भाग लिईरहेको अवस्थामा नीतिको कारण यति धेरै लगानीकर्ताहरुलाई प्रत्यक्ष रुपमा असर परेको चेम्बरको भनाई छ । यसका लागि चेम्बरले निम्न सुझावहरुसमेत दिएको छ ।

सुझाव :

१. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सिमा नै मुख्य कारण रहेकोले उक्त सिमा पूर्ववत नै कायम गर्नु पर्ने र विद्यमान सीसीडी रेसियो हटाई सीडी रेसियो लागु गर्दा ३०० अर्व हाराहारी लगानी योग्य पूँजी उपयोग विहिन भएकाले माथिका दुबै व्यवस्था पूर्ववत कायम गरिनु पर्ने ।

२. नेपाल स्टक एक्सचेञ्ज लि., तथा नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन हुँदा बजारमा अनेक किसिमका विकृतिहरु देखा परेको र नीतिगत रुपमा सम्बोधन हुनु पर्ने एजेन्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भब उल्लेखित निकायहरुको विवाद समाधान गरि नया नेतृत्व ल्याइनु पर्ने ।
.
३. नेपाल राष्ट्र बैंक, विमा समिती, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसंग पनि समन्वय गरि गरिनु पर्ने ।
.
४. हाल संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी रहेको र व्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत, संस्थागत लगानीकर्तालाई २५ प्रतिशत करको दर रहेकोेले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्दै यस अगाडि बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर बजारमा लगानी गर्न छुट भएकोमा हाल आएर रोक लगाईएकोले माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्ववत रुपमा पूँजी बजारमा लगानी गर्न खुल्ला गरिनु पर्ने ।
.
५. अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको स्टक ब्रोकर मार्फत सेयर खरिदका लागि ब्रोकर कम्पनी मार्फत मार्जिन कर्जाको व्यवस्था गर्ने विषयलाई अनिवार्य रुपमा लागु गरिनु पर्ने जसले गर्दा बजारमा देखिने माग र आपूर्तिको अवस्थालाई सन्तुलित राख्न सहयोग पुग्ने र लगानीकर्ताहरुले सहज सेयर खरिद कर्जा प्राप्त गर्न सक्ने ।
.
७. संस्थागत स्टक डिलर, मार्केट मेकर जस्ता संस्थाहरुलाई बजारमा ल्याईनु पर्ने ।
.
८. हाल बजारमा जो कोहीले पनि बजारको बारेमा अध्ययन अनुसन्धानका नाममा बजारलाई प्रभावित पार्ने गरि प्राविधिक विश्लेषण गर्ने गरेकोमा त्यसलाई नियमन गर्न एडभाईजर वा प्राविधिक विश्लेषकको अनुमति दिएर त्यस्ता व्यक्ति वा संस्थाहरुलाई मात्र बजारको बारेमा भविष्यवाणी गर्न दिने व्यवस्था गर्ने ।

९. हाल धेरै भन्दा धेरै अनलाईत मिडियाहरु सञ्चालनमा आएको र सेयर बजारका बारेमा आफु अनुकुल वा विभिन्न व्यक्ति वा समुहको हितमा सेयर बजार सम्बन्धि समाचारहरु सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको र जसले गर्दा बजारमा साना तथा नयाँ लगानीकर्तहरुमा थप अन्यौलता पर्ने हुँदा पूँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा आचारसंहिता बनाई लागु गरिनु पर्ने ।

१०. सेयर कारोबार गर्दा हुने रकम भुक्तानी तथा प्राप्ती गर्दा कायम रहेको विधुतिय माध्यमबाट हुने भुक्तानीको सिमा खुल्ला गरिनु पर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL