Logo

हेरिटेज कार्पेट : बजार खोज्दै विदेशसम्म

हेरिटेज कार्पेट : बजार खोज्दै विदेशसम्म


रामराजा श्रेष्ठ
27
Shares

नेपालमा एउटा ‘ट्रेण्ड’ छ, केहि नयाँ काम गर्नुपर्याे भने सोच र पैसा भए पुग्ने । थाहा छैन त्यो सोचले भविष्यको जोखिमबारे सोच्छ या सोच्दैन । अलि केहि आफ्नो पैसा राख र बाँकी बैंङबाट ल्याउ अनि केहि ‘नयाँ’ गर । प्रायः यसरी नै चल्दै आएका छन् व्यापार व्यवसाय । यो बीचमा कहि पनि अध्ययन अनुसन्धानले स्थान पाउँदैन । परिणाम भविष्यको सामान्य आँकलन पनि हुन सक्दैन ।

तर, हेमराज ढकालले अलि फरक तरिकाबाट सोचे । केहि उत्पादन गर्नु छ भने पहिले बुझ्नुपर्छ – त्यसको अन्तरराष्ट्रिय बजारदेखि आन्तरिक मागसम्म । आजको व्यवस्थापनदेखि भोलीको तयारीसम्म । खासमा उनले उत्पादनको तयारी गर्नुअघि खोज र अनुसन्धानमा पनि लगानी गर्नुपर्छ भन्ने मान्यता राखे, अनि घुम्न थाले दक्षिण कोरिया, ताइवान, चीन, हङ्कङ हँदै सिङ्गापुरसम्मका करिब एक दर्जन देशका मुख्यकार्पेट उद्योगमा । अध्ययन भ्रमणमै उनले ५० लाख रुपैयाँ खर्च गरे ।

चार बर्षमात्रै भएको छ हेरिटेज फ्लोरिङ कार्पेट इण्डष्ट्रिजले कार्पेट उत्पादन थालेको । यो बीचमा सबै जिल्लामा यसको बलियो उपस्थिती बनिसकेको छ । नेपालमै पहिलोपटक आधुनिक कम्प्युटराइज पद्धतिबाट कार्पेट उत्पादन सुरु गरेको कम्पनीले आफ्नो बजार विस्तारमात्र गरेन, आयातित कार्पेटको ४० प्रतिशतबजार हिस्सा नै विस्थापित गरिदियो । कम्पनीले ‘ननओभव’ कार्पेटको उत्पादन थालेपछि आयात प्रतिस्थापन भएको दाबी गर्छन् इण्डष्ट्रिजका अध्यक्ष ढकाल । खासमा ‘रिब्ड’ बाहेक नेपालमा सबै किसिमका कार्पेटको उत्पादन थालेकै यहि इण्डष्ट्रिजले नै हो ।

heritagr-carpet

१२ बर्षअघिदेखि नै म्याटे«स उत्पादनबाट बजार थालेको कम्पनीले सुरुवाती दिनमा स्वदेशी उत्पादन प्रतिग्राहक आकर्षित गर्न निकै सङ्घर्ष गर्नुपर्याे । पहिलोपटक नेपालमै ‘रवराइज्ड कोयर म्याट्रेस’उत्पादन शुरु गरेपनि यसको आयातित बजारसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई हम्मेहम्मै नै पर्याे । ‘म्याट्रेस भन्नासाथ विदेशीमात्रै हुन्छ भन्ने सोचबाट बाहिर ल्याउन नै धेरै समय लाग्यो’ ढकालको अनुभव छ । म्याटे«सको बजारीकरणमा गरेको मेहेनत नै कार्पेट बजारमा सहजै स्थापितहुने आधार भएको ढकाल स्विकार्छन् । कार्पेटमा विविधता र आधुनिक प्रविधिबाट गरिने उत्पादनलाई यी सबैको कारण बताउँछन् उनी । ‘उत्पादन शुरु भएयता गुणस्तर हाम्रो प्राथमिकतामा रह्यो, यसले अहिलेसम्म पनि ग्राहकमा ठूलो विश्वास दिलाएको छ’ ढकालको भनाई छ । कम्पनीलेअहिले ग्राफिक्स, जकार्ड, भेलोर, स्ट्राईप, १२ लाइन ड्रिब्स, रिब्डलगायत गरी विभिन्न सात प्रकारका कार्पेट उत्पादनगर्दे आएको छ ।

कार्पेट बजारको प्रमुख खेलाडी

हेरिटेज कार्पेट कसैलाई चिनाइरहनु पर्ने नाम होइन । नेपाली बजारमा यसले ओगटेको ४० प्रतिशत हिस्सा यसको बलियो प्रमाण हो । विशेषगरी ‘ननओभन’कार्पेटमा यसको खास नाम छ । खासगरी घरायसी प्रयोजनमा परिचित हेरिटेजका उत्पादन छिटै होटल, सेमिनार हल र विद्यालयमा समेत प्रयोग हुनेछन् ।

coir-matris

नयाँ प्लाण्टको तयारी

हेरिटेजले निटक भविश्यमै नेपालमै ईपीई फोमको प्लाण्ट स्थापना गर्ने तयारी गरेको छ । म्याट्रेसका लागि आवश्यक कच्चा पदार्थ (इपीई फोम) आयात हुँदै आएकोमा अब भने नेपालमै यसको उत्पादन थाल्ने कम्पनीको योजनामा छ । ट्रेकिङमा समेत उपयोगीहुने फोम उत्पादन तथा अन्य अत्याधुनिक मेशिन औजारका लागि थप १० करोड रुपैयाँ लगानी गरिने ढकाल बताउँछन् ।

चीन र भारतबाट कच्चापदार्थ आयात

कार्पेट उत्पादनका लागि आवश्यक ६० प्रतिशतभन्दा बढी कच्चापदार्थ आयात हुँदै आएको छ । हालचीन, भारत, युरोपलगायतका मुलुकबाट कच्चापदार्थ आयत हुँदै आएको छ । केमिकल र प्याकिङका लागि आवश्यक कच्चापदार्थ भने नेपाली नै प्रयोग हुँदै आएको छ ।

निर्यातको तर्फ अघि बढ्दै

निकै ठूलो व्यापार घाटा व्यहोरिरहेको नेपालजस्तो देशका लागि निर्यात वृद्धि ठूलो चुनौती बनिरहेको छ । आन्तरिक बजारमा स्थापित भइसकेको हेरिटेजको अबको नजर विदेशी बजारतर्फ लागेको छ । चीन र भारतमा सामान्य निकासीगर्दै आएपनि अब भने प्राथमिकतामै राखेर निर्यात बढाउने तयारीमा कम्पनी जुट्दैछ । मासिक १ लाख रनिङ मिटर उत्पादन क्षमता रहेकोे छ । तर, विविध कारण सोभन्दा कम क्षमतामात्र उत्पादन गर्दै आएको छ ।

carpet

नाकाबन्दीको मार

कच्चापदार्थ देखि सम्पूर्ण सामान अयातमा निर्भर रहेको उद्योगहरु बन्दहड्तालले ठूलो मारमा परेको छ । विशेषगरी इन्धन अभावका कारण उत्पादन तथा बजारीकरण दुवैमा ठूलो असर परेको ढकालले जानकारी दिए । ‘यस्ता उद्योगका लागि कच्चापदार्थ आयातगर्न देखि बनेका सामान डलिभरी गर्न समेत इन्धन चाहिन्छ,’ उनले भने, ‘तर, सरकारले उद्योगलाई इन्धन नै दिएको छ ।’ सरकारले उद्योगीलाई समाजको एउटा अङ्गको रुपमा नभई चोर फटाहाको दाँजोमा राखेर हेर्न थालेको उनको आरोप छ ।

चेम्वर एक्स्पोको मुख्य प्रायोजक

नेपाली उत्पादनलाई बजारीकरण गर्ने उद्देश्य अनुरुप यस वर्ष चेम्बर एक्स्पोमा हेरिटेज कार्पेट मुख्य प्रायोजक बनेको छ । यस्तो अवस्थामा नेपालीउद्योगी व्यवसायीका आत्मबल बढाउन चेम्बर एक्स्पोलाई सहयोग गर्दे मुख्य प्रायोजक बनेको ढकाल बताउँछन् । साथै, यही पुस २३ गतेबाट हुने एक्स्पोमा आएर नेपाली उत्पादनलाई माया गरेर किनिदिन उनको आग्रह छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL