Logo

कुलमान भन्छन – मलाई राजस्व वृद्धिसँग कुनै मतलव छैन, इन्टरनेट सेवाप्रदायकका तार हटाउँछौ सुन्दर शहर बनाउछौं

कुलमान भन्छन – मलाई राजस्व वृद्धिसँग कुनै मतलव छैन, इन्टरनेट सेवाप्रदायकका तार हटाउँछौ सुन्दर शहर बनाउछौं



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सकेसम्म शहर सुन्दर बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्राधिकरणले राजस्व वृद्धिका लागि भन्दा पनि शहर कुरुप नहोस भन्नका लागि र इन्टरनेट सेवाप्रदायकको अराजकता रोक्न पोल र फाईबरको भाडा बढाएको बताएका हुन् ।

laxmi

मंगलबार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौतिका बारेमा तराई विकास तथा संचार केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समय इन्टरनेट र केबुल सेवाप्रदायकले जथाभावी तार तानेर शहर नै कुरुप बनाएको र प्राधिकरणको पोलले समेत भार थेग्न नसक्ने देखिएपछि यसलाई नियन्त्रण गर्न पोल र फाईबरको शुल्क बढाएको बताए ।

उनका अनुसार इन्टरनेट सेवाप्रदायकले बिजुलीका पोलबाट तार केबल तान्ने र पछि केबल विग्रिएपछि त्यसलाई त्यहीँ छोडेर नयाँ तार तान्ने गरिएको छ । जसका कारण विजुलीका प्रत्येक खम्बामा तारका जगल्टा, यत्रतत्र भएसँगै शहर पनि कुरुप भएको उनको भनाइृ छ । ‘हामीले हाम्रो राजश्व वृद्धि गर्न र नाम कमाउन पोल र फाईबरको भाडा बढाएका होईनौं,’ उनले भने, ‘शहर कुरुप नहोस, आईएसपीहरुले जथाभावी तार नतानुन् र तार पहिचानमा समेत भद्रगोलता नआओस भन्नका लागि मात्रै शुल्क बढाईएको हो ।’

इन्टरनेट सेवाप्रदायकले नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएको भन्दै इन्टरनेटको मूलय १ सय ५० र ३ सय रुपैयाँ प्रतिग्राहक बढाउने चेतावनी दिएका थिए । त्यसको जवाफमा घिसिङले सेवाप्रदायकको राजस्व बढेको बढ्यै र ग्राहक पनि बढेका बढ्यै हुने भएकाले कम नाफा खाएर अझै इन्टरनेटको मूल्य बरु घट्नुपर्ने उनको तर्क थियो ।

उनले सबै सेवाप्रदायकले नेपाल टेलिकमले तानिदिएको ४८ कोरको फाइबर प्रयोग गरेर भाडा मिलाउन सक्ने सुझावसमेत दिएका छन् । सबै सेवाप्रदायकले आफ्ना आफ्ना तार तान्दा भद्रगोलसम्म भाडा पनि बढि पर्ने भएकाले उनले यस्तो सुझाव दिएका हुन् । उनका अनुसार पूर्वाधार सेयर गरेर सेवा विस्तार गरेर एउटै भाडा धेरैजनालाई भाग भएपछि कम हुने उनले बताए ।

पछिल्ला केहिदिन यता पोलको भाडढा बढाएको भन्दै इन्टरनेट, केबुल सेवाप्रदायकहरु असन्तुष्टी जनाईरहेका छन् । त्यसकै लागि भन्दै प्रतिग्राहक १ सय ५० देखि ३ सय रुपैयाँसम्म इन्टरनेटको मूलय बढाईदिनका लागि नेपाल दूरसंचार प्राधिकरणसमक्ष अनुरोध पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधिर पराजुलीले पोलको भाडा नघटे इन्टरनेटको भाडा बढाउनुपर्ने बाध्यता रहेको बताए । उनले पोलको भाडाको भार सेवाग्राहीलाई पार्न नहुने इच्छा भएपनि विद्युत प्राधिकरणकै कारण इन्टरनेटको समेत मूल्य बढ्न आँटेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL