Logo

संशोधन सहितको पुनर्कर्जा कार्यविधी जारी, आईएसपी र भुक्तानी सेवाप्रदायक पनि विशेष पुनर्कर्जाको सूचीमा (कार्यविधी सहित)

संशोधन सहितको पुनर्कर्जा कार्यविधी जारी, आईएसपी र भुक्तानी सेवाप्रदायक पनि विशेष पुनर्कर्जाको सूचीमा (कार्यविधी सहित)



काठमाडौं । अबदेखि इन्टरनेट सेवा विस्तार गर्ने कम्पनी (आईएसपी) र विद्युतीय भुक्तानी सेवाप्रदायकहरु पनि विशेष पुनर्कर्जा पाउने क्षेत्रमा परेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार पुनर्कर्जा कार्यविधि तेस्रो संशोधन सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

laxmi

यसअघि महिला, अपांगलगायतले संचालन गरेको उद्योग, अस्पताल, अक्सिजन उद्योगलगायतलाई यस्तो कर्जा पाउने क्षेत्रको सूचीमा समावेश गरिएको थियो । उक्त कार्यविधि संशोधन गर्दै अब भने इन्टरनेट सेवाप्रदायक, भुक्तानी सेवाप्रदायक, मान्यताप्राप्त खोप उत्पादक कम्पनीलाई पनि यसमा समेटेको हो ।

ब्रोडब्याण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानमा सेवा पुर्याउने इन्टरनेट सेवाप्रदायक संस्थाहरु, विद्युतीय प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवाप्रदायकहरु पनि यो सूचिमा समेटिएको कार्यविधिमा उल्लेख छ ।

यस्तै नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने एद्योग स्थापना गर्न पनि यस्तो विशेष पुनर्कर्जा दिने बताईएको छ ।

यस्तो छ कार्यविधिको पुर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/1BPCMZXCVR1jSi0sLPBeIJl2ZUhUOvYVB/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL