Logo

धितोपत्र बोर्डको जिम्मेवारी निरज गिरीलाई दिने अर्थको तयारी

धितोपत्र बोर्डको जिम्मेवारी निरज गिरीलाई दिने अर्थको तयारी



काडमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको दैनिक प्रशासन संचालन जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई दिने भएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेसँगै वरिष्ठताको आधारमा गिरीलाई उक्त जिम्मेवारी दिन लागिएको हो ।

laxmi

केही दिनमै गिरीलाई बोर्डको दैनिक कार्यसंचालनको जिम्मेवारी दिईने अर्थ मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । बोर्डमा कुनै कारणले अध्यक्ष हटेको खण्डमा वरिष्ठ कर्मचारीलाई बोर्ड संचालनको जिम्मेवारी दिने चलन छ ।

बोर्ड नियामन निकाय भएको र सोको प्रमुखनै कार्यकारी अध्यक्ष हुने भएकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी अन्य व्यक्तिलाई दिन मिल्दैन । सोही अनुरुप गिरीलाई बोर्डको दैनिक प्रशासन संचालनको जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । यससँगै गिरीले बोर्ड प्रमुखको हैसियतमा संचालक समितिको बैठक बोलाउनुका साथै बोर्डका अन्य गतिविधि संचालन गर्न सक्नेछन् ।

यस अघि पनि बोर्डका तत्कालिन अध्यक्ष डा। रेवत बहादुर कार्कीको समयवधि सकिर बाहिरिएसँगै बोर्डका तत्कालिन कार्यकारी निर्देशक परिष्ठनाथ पौड्याललाई उक्त जिम्मेवारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL