Logo

दुई हप्ताभित्रै माइक्रोग्राण्डको नतिजा प्रकाशित, साना किसानलाई ५० करोड वितरण गरिँदै

दुई हप्ताभित्रै माइक्रोग्राण्डको नतिजा प्रकाशित, साना किसानलाई ५० करोड वितरण गरिँदै


रामराजा श्रेष्ठ
27
Shares

अनिल न्यौपाने ।

व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले माइक्रो ग्राण्ड (लघु अनुदान) अन्तरगत ५० करोड रुपैयाँ वितरण गर्ने भएको छ । नेपालका २५ जिल्लामा कार्यान्यनमा ल्याएको माक्रोग्राण्ड आयोजनाका लागि उक्त रकम वितरण गर्न लागिएको व्यवसायीक कृषि तथा व्यापार आयोजनका प्रोजेक्ट डाइरेक्टर योगेन्द्रकुमार कार्कीले बताए । ‘हामीले माइक्रोग्राण्डका लागि ५० करोड रुपैयाँ बिनियोजन गरेका छौं,’ उनले भने, ‘प्रतिस्पर्धाका आधारमा छनौंट गर्दा संभावना भएका आयोजनाहरु बढी आए भने त्यसभन्दा बढी रकम पनि वितरण गर्न सकिने छ ।’

आयोजनाले यही भदौंमा ती जिल्लाहरुबाट प्रस्ताव माग गरेको थियो । जसमा २५ जिल्लाका ३ हजार २ सयभन्दा बढीले प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव छनौट गर्दा प्रतिस्पर्धाका आधारमा आयोजना दिइने छ । जसमा हाल सामान्य रुपमा काम गरिरहेका न्युन वर्गका किसानलाई उक्त आयोजनामा संलग्न गराइने छ । ‘यस आयोजनको मुख्य लक्ष्य हाल समान्य रुपमा काम गर्दै आएका किसानलाई व्यवसायीक बनाउने हो,’ उनले भने, ‘जसमा ग्रामिणस्तरका वास्तविक किसानलाई समेटिने छ ।’

pp

माइक्रोग्राण्ड अन्तरगत कुनै पनि परियोजनाका लागि बढीमा १० लाख रुपैयाँ उपलब्ध गराइने छ । जसमा किसानले २ लाख ५० हजार अर्थात आयोजनाले लगानी गरेको २५ प्रतिशत रकम लगानी गर्नुपर्ने हुन्छ । यस अघिका ठूला आयोजनाको तुलनामा किसानले माइक्रोग्राण्ड सहजरुपमा कार्यान्वयनमा ल्याउन सक्ने कार्की बताउँछन् ।
कार्कीका अनुसार आगामी २ हप्ता भित्रै माइक्रो ग्राण्डको नतिजा प्रकाशित गरिने छ । ‘हाल सम्बन्धित जिल्ला कृषि कार्यालय र पशु सेवा कार्यालयले प्रस्ताव पेश गर्ने किसानहरुको फिल्ड अनुगमन गरेर प्रपोजल जाँच गरिरहेका छन्,’ उनले भने, ‘प्रपोजल जाँच गर्ने काम समेत अन्तिम चरणमा पुगेकाले तत्काल नतिजा प्रकाशित गरिनेछ ।’ प्याक्टले विश्व बैंकको सहयोगमा नेपालको कृषि व्यवसायमा लगानी गर्दै आएको छ ।

प्याक्टले माइक्रोग्राण्डमा माछा, मासु, दुध, तरकारीजस्ता क्षेत्रलाई समेटेको छ । नेपालको कृषि प्रणालीलाई व्यसायीक बनाउने उद्देश्य अनुरुप ग्रामिणस्तरका साना किसानलाई पनि प्याक्टको आयोजनामा समावेश गरिएको कार्की बताउँछन् । ‘प्याक्टले यसअघि ठूला आयोजनामा मात्र लगानी गर्दै आएको थियो,’ उनले भने, ‘ठूला आयोजनामा ग्रामिण स्तरका वास्तविक किसानको पहुँच नपुग्ने भएकाले लघु अनुदान कार्यक्रम ल्याएका हौं ।’

यस अघि प्याक्टले ठूला आयोजनामा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । जस अन्तरगत पहिलो चरणमा १२ करोड रुपैयाँ लगानी गरेको थियो । यसैगरी दोस्रो चरणमा २७ करोड रुपैयाँ लगानी गरेको थियो भने तेस्रो चरणको २ सय ९१ वटा परियोजनका लागि १ अर्वभन्दा बढी लगानी गरेको छ । हाल प्याक्टले कार्यान्वयनमा ल्याएको आयोजनाले नेपालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । साथै, कृषिलाई व्यवसायीकरण गर्नुका साथै कृषि प्रति युवालाई आकर्षण गरी रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न थप सहयोग पुग्ने उनीहरुको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL