Logo

पर्यटन मजदुरलाई १५ लाखसम्म कर्जा उपलब्ध हुने, यी कर्जाहरु विपन्न वर्ग कर्जामा गणना गरिँदै

पर्यटन मजदुरलाई १५ लाखसम्म कर्जा उपलब्ध हुने, यी कर्जाहरु विपन्न वर्ग कर्जामा गणना गरिँदै



काठमाडौं । सरकारले कोरोनाका कारण चरम संकटमा परेको क्षेत्रका मजदुरहरुलाई लक्षित गरी विपन्न वर्ग कर्जामा गणना गरिने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गदै गभर्नर महा प्रसाद अधिकारीले पर्यटन क्षेत्रमा रोजगारी गुमाएका श्रमिकहरु स्वरोजगार हुनेगरी १५ लाख रुपैयाँसम्मको कर्जा दिने व्यवस्था मिलाएको बताएका हुन् ।

laxmi

यस्तै, उनले ऋणी स्वयं रोजगार हुने उद्धेष्यले सवारीसाधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई पनि विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाउने बताए ।


मौद्रिक नीतिमा महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिने उल्लेख छ ।

यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने छ । वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिनेछ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL