Logo

विकास बैंक र बैंकले गति लिदा ५२ अंकले बढ्यो नेप्से, १७ अर्ब बढीको कारोबार

विकास बैंक र बैंकले गति लिदा ५२ अंकले बढ्यो नेप्से, १७ अर्ब बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार करिव ५२ अंकले उकालो लागेको छ । पछिल्लो समय तिब्र घटबढ भईरहेको बजारमा श्वेतपत्र सार्वजनिकको असरले उच्च वृद्धि देखिएको हो ।

laxmi

बजारमा आज परिसुचक ५१ दशमलव ८६ अंकले बढ्दा कारोबार रकम पनि १७ अर्ब बढि पुगेको छ । नेप्सेका अनुसार आज २ सय २५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार रुपैयाँ बढिको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज सबैभन्दा बढि विकास बैंक समुहको परिसुचक ४ सय ६ अंकले उकालो लागेको छ भने जिवन बीमा समुहको परिसुचक २ सय ११ अंकले बढेको छ । आज बजारमा कारोबार भएका कम्पनीमध्ये १७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL