Logo

साताको अन्तिम दिन १५ अंकले ओरालो लाग्यो नेप्से, १० अर्ब ९० करोडको कारोबार

साताको अन्तिम दिन १५ अंकले ओरालो लाग्यो नेप्से, १० अर्ब ९० करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १५ अंकले ओरालो लागेको छ । बुधबार १५ अंकले उकालो लागेको नेप्से परिसुचक बिहीबार भने १५ दशमलव ११ अंकले घटेर ३०७९ विन्दुमा आएर रोकिएको हो । बिहानै उकालो लागेको परिसुचकले हालसम्मकै बढि ३१ सयको विन्दु पार गरेपनि त्यसपछि भने परिसुचक ओरालो लागेको थियो ।

आज बजारमा २ सय १७ कम्पनीका २ करोड ६० लाख ४० हजार कित्ता सेयर किनबेच भएका थिए । यसरी किनबेच भएपछि दिनभरी कारोबार रकम भने १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ पुगेको छ ।

बजारमा कारोबार भएका कुल १३ समुहमध्ये आज होटल तथा पर्यटन र विकास बैंकबाहेक सबै समुहको परिसुचक ओरालो लागेका हुन् । जसमा सबैभन्दा बढि जिवन बीमा समुहको परिसुचक ओरालो लागेको देखिन्छ । नेप्सेका अनुसार आज जिवन बीमा समुहको परिसुृचक ८६ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचक ६९ अंकले ओरालो लागेको छ ।

बजारमा कारोबार भएका कुल कम्पनीमध्ये आज १ सय २२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा ५९ कम्पनकिो सेयमूल्य बढेको छ । यस्तै २ कम्पनीको सेयरमूल्य तटस्थ रहेको छ । आज रिडी हाईड्रोपावर कम्पनीको सेयरमूल्य ९ अंक बढिले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL