Logo

उतारचढावबीच नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ समुहमा झुम्मीए लगानीकर्ता

उतारचढावबीच नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ समुहमा झुम्मीए लगानीकर्ता



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढेर उकालो लागेको हो ।

आज कुल ३ सय २५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ८२ करोड २४ लाख माथि पुगेको छ ।

आज धेरैजसो लगानीकर्ताहरु बैंकिङ समुहमा झुम्मिदा यस समुहको परिसुचक २३.९८ अंकले उकालो लागेको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार आज बैंकिङसँगै व्यापार, लघुवित्त, जलविद्युत, जीवन बीमालगायतका ७ समुहको परिसुचक उकालो लाग्दा ६ समुहको परिसुचकमा भने गिरावट आएको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४० कम्पनीको सेयरमूल्य बढ्दा १ सय १० कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छ । आज ट्रेड टावर लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्