Logo

राजनीतिक संक्रमण र असार समान्तको मारमा सेयर बजार, एक दिनपनि टिकेन नेप्सेको वृद्धि

राजनीतिक संक्रमण र असार समान्तको मारमा सेयर बजार, एक दिनपनि टिकेन नेप्सेको वृद्धि



काठमाडौं । लामो समयपछि आईतबार एकैपटक उच्च अंकले बढेको नेप्सेको वृद्धि एक दिनपनि टिक्न सकेन । करिव २ हप्तासम्म ओरालो यात्रा तय गरेको नेप्से परिसुचक आईतबार एकैपटक ७४ अंकले बढेको थियो । तर सोमबार प्रि ओपनिङमा बढेपनि बजार सामान्य अवस्थामा खुलेपछि ओरालो यात्रा तय गरेको नेप्सेले अन्तिममा ४५ अंकले घट्न पुगेको थियो ।

laxmi

आईतबार बढ्दो बजारको अन्तिम समयमा म्युचुअल फण्ड तथा इन्मेभष्ट कम्पनीले ठूलो मात्रामा सेयर बिक्री चालू आर्थिक बर्षको लागि प्रफिट बुक गरेको र सोमबार देशमा देखिएको राजनीतिक अन्यौलताका कारण बजारमा थप असर गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘आईतबार एकैपटक ठूलो मात्रामा बजार बढाएर अन्तिम समयमा संस्थापक लगानीकर्ताहरु ठूलो सेयर बिक्री गरेर बाहिदिए,’ एक लगानीकर्ताले भने, ‘सोमबार प्रि ओपनिङमा बजार केही बढेपनि त्यसयता ओरालो लाग्दै संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको निर्णय आएसँगै अझै बढि घट्न पुग्यो ।’ अहिले सेयर बिक्री गर्दा चालू आबको अन्मित सम्ममा खातामै रकम आउने त्यसले संस्थाको आम्दानीमा ठूलो फाइदा पुग्ने भएकाले बढेको बजारमा अन्तिम समयमा आईतबार इन्भेष्टमेन्ट कम्पनी, म्युचुअल फण्ड लगायतका संस्थापक लगानीकर्ताले आफुसँग भएको सेयर ठूलो मात्रामा बिक्रीमा ल्याएका थिए ।

करिव २ हप्तासम्म पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरुको आईतबार बजारमा उपस्थिती राम्रो थियो । दैनिकजसो ५ अर्ब रुपैयाँभन्दा तल कारोबार रहेको सेयर बजारमा आईतबार ८ अर्ब रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको थियो । तर अन्तिम समयमा चालू आबको लागि नाफा बुक गर्न संस्थापक लगानीकर्ताले ठूलो मात्रामा सेयर बिक्री गरेर निस्कदा बजारमा केही अन्यौलता सिर्जना गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोही अनुरुप आईतबार कारोबार रकम बढेपनि नेप्से परिसचकमा भने उच्च गिरावट आयो । दिनभर कुल ९ अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार हुँदा नेप्से परिसुचकमा भने ४४.९८ अंकको गिरावट आएको छ । बजारले ओरालो यात्रा तय गर्दै सोमबार बिक्री चाप उच्च देखिएको थियो ।

समुहगत रुपमा हेर्दा सोमबार म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि जीवन बीमा समुहको परिसुचक २५४ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा २४० अंकको गिरावट आएको छ । यसैगरी बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि २२ अंकको गिरावट आउँदा विकास बैंक समुह ९८ र होटल तथा पर्यटन समुहमा १०७ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा उत्पादनमुलक समुहको परिसुचक ११८ अंकले घट्न पुगेको छ भने लघुवित्त समुहको परिसुचकमा ७२ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL