Logo

विश्वकै धनी बिल गेट्स र मेलिण्डा गेट्सबीच सम्बन्ध विच्छेद, यस्तो छ कारण

विश्वकै धनी बिल गेट्स र मेलिण्डा गेट्सबीच सम्बन्ध विच्छेद, यस्तो छ कारण



काठमाडौं । माईक्रोसफ्टका संस्थापक, विश्वकै चौथो धनी व्यक्ती बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्सबीच सम्बन्ध विच्छेद भएको छ । सोमबार उनिहरुले आफ्नो आधिकारिकत ट्विटर ह्याण्डलमार्फत अब दुबैजना संगै बस्ने नसक्ने घोषणा गरेका हुन् । उनिहरुले बिहे गरेको २७ बर्ष पछि सम्बन्ध विच्छेद गरेका हुन् । ‘अब हामी दुबैजना संगै मिलेर बस्न सकिने अवस्था छैन,’ दुबैजनाले सोमबार आफ्नो ट्विटर ह्याण्डलमार्फत भने, ‘लामो समयसम्मको सोचाई र डिलपछि हामीहरुले लामो सम्बन्धको अन्त्य गर्ने निष्कर्श निकालेका छौं ।’

laxmi

सन १९८० मा मेलिण्डाले बिल गेट्सको माईक्रोसफ्टमा जोईन गर्दा भेट भएको थियो । उनिहरुका हाल ३ छोराछोरी छन् । उनिहरुले हाल सँगै बील एण्ड मेलिण्डा गेट्स फाउन्डेसन पनि चलाउँदै आएका थिए । जसमार्फत लाखौ बालबालिकाहरुलाई घातक रोगबाट बचाउनुका साथै खोप लगाउने कार्य गर्ने गरिन्छ ।

फोब्र्सका अनुसार हाल बील गेट्स विश्वकै चौथो धनी व्यक्तीमा पर्छन । उनीसँग हाल १२४ बिलियन डलर सम्पत्ती छ । उनले सन १९७० मा विश्वकै सबैभन्दा ठुलो सफ्टवेयर कम्पनी माईक्रोसफ्ट संचालनमा ल्याएसँगै सम्पत्ती कमाउन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL