Logo

कडा शारिरिक परिश्रम गर्ने मानिसलाई बढी पागलपनको समस्या, यस्तो छ अध्ययनको निश्कर्ष

कडा शारिरिक परिश्रम गर्ने मानिसलाई बढी पागलपनको समस्या, यस्तो छ अध्ययनको निश्कर्ष



काठमाडौं । के तपाईँलाई थाहा छ ? धेरै शारिरिक परिश्रम गर्ने मानिसहरुलाई कम शारिरिक परिश्रम गर्ने मानिसभन्दा बढी पागलपनको समस्या देखिने खतरा हुन्छ । हालै गरिएको एक अध्ययन अनुसार धेरै कठिन अर्थात धेरै शारिरिक परिश्रम गर्ने मानिसहरु सामान्य अर्थात कम शारिरिक परिश्रम गर्ने मानिसको तुलनामा बढी खतरापुर्ण रहेको पाईएको हो ।

कोपेनहेगन विश्वविद्यालयमा गरिएको अध्ययनमा कडा परिश्रम गर्ने मानिसहरुमा अन्य मानिसको तुलनामा पागलपनि ल्याउने खतरा ५५ प्रतिशतले बढी हुने बताएको छ । यसमा मानिसले हात वा खुट्टाले मात्रै नभई दिमागले गर्ने कडा परिश्रमलाई पनि समावेश गरिएको छ ।

विज्ञहरुका अनुसार बढीभन्दा बढी शारिरिक परिश्रमले मानिसलाई मनोवैज्ञानिक समस्यातिर धकेल्ने बताउँछन । जसअनुसार कडा शारिरिक मेहनतले मानिसमा पागपन निम्त्याउने खतरा बढाउँछ ।

यसअघिका विभिन्न अध्ययनहरुले शारिरिक गतिविधि बढाउँदा दिमागी समस्या अर्थात मनोवैज्ञानिक त्रासलगायत भगाउन सकिने बताईएपनि उक्त नयाँ अध्ययनले भने झन यसको खतरा रहने बताएको छ ।

उक्त अध्ययनका अनुसार कामको समयमा कडा शारिरिक परिश्रम र खाली समयमा गरिने शारिरिक कडा परिश्रममा समेत भिन्नता रहेको छ । मर्निङ वाक, जगिङ, अन्य खेलहरु खेल्ने समयको शारिरिक परिश्रम र कामकै शिलशिलामा गरिने कडा परिश्रमले मनोवैज्ञानिक अवस्थितिमा भिन्नाभिन्नै असर पार्ने उक्त अध्ययनमा बताईएको छ ।

उक्त अध्ययन डेनिसका ४ हजार ७ सय २१ जनामा गरिएको थियो । उक्त अनुसन्धानमा डेनिसकै विभिन्न कम्पनी, उद्योगधन्दाबाट मानिसहरु छानिएको थियो । केही बर्षपछि अनुसन्धाताहरुले उक्त मानिसहरुको शारिरिक तथ्यांकसँगै मानसिक अवस्थितिको बारेमा पनि अध्यन गरी तथ्यांक विश्लेषण गरेका थिए ।

कडा मेहनतले मानव शरिरमा हुने रक्तसंचारलाई खलबल्याई दिमागसम्म पुग्ने रगतको मात्रामा नकारात्मक असर पार्ने अध्ययनमा बताईएको छ । सोहीअनुसार उक्त किसिमका मानिसमा बढी मात्रामा दिमागी चाप पर्ने र समस्या उत्पन्न हुने गर्दछ । फोर्ब्सबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL