Logo

कोरोनाले रोजगारी गुमाउनेलाई हायर मीको राहत, साउनदेखि २५ हजारलाई रोजगारी दिने

कोरोनाले रोजगारी गुमाउनेलाई हायर मीको राहत, साउनदेखि २५ हजारलाई रोजगारी दिने



काठमाडौं । हायर मी नेपालले कोरोना संक्रमणको महामारीका कारण जागिर गुमाएका २५ हजारलाई रोजगारी दिने बताएका छ । नेशनल एकेडेमी फर फाईनान्सीयल सर्भिसेस प्रालि अन्तरगतको हायर मी नेपालले बरोजगार युवालाई रोजगार दिने उद्देष्य लिएको हो ।

श्रम सुचना बैंकलाई सघाउने उद्धेश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । देश र विदेशमा रहेका श्रमिक कामदारले वेबसाईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम कम्पनीले राखेकोे छ । रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको कम्पनीको भनाई छ ।

श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको जानकारी दिएको छ । परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरीनेछ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मंदीबाट करोडौ मानिस बेरोजगार हुने देखिएको भन्दै यसलाई सम्बोधन गर्न यस्तो प्रविधि विकास गर्न बताएको छ । यसै सन्दर्भमा संक्रमणको कारण बिदेशबाट आउने दश लाख, देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम पचीस लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेको छ ।

सरकारले आ.व २०७७र७८ को निति कार्यक्रम तथा बजेटमा समेत स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता, सिप र क्षमता अनुसार काम उपलब्ध गराउन ‘श्रम सूचना बैंकको’ अवधारणा सार्वजनिक गरेको छ ।स्थानीय रोजगार सेवा केन्द्रले रोजगार दाता र रोजगारीको खोजिमा रहेकाहरू बिचमा सम्पर्क स्थापित गरी रोजगारी प्राप्तीमा सहयोग गर्ने मूल लक्ष्य लिएको देखिन्छ ।

सरकारको यही कार्यक्रममा सहयोग पुर्याउने उद्धेश्यले नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस प्रा. लि. ले हायर मी नेपाल परियोजना संचालन गर्न गइरहेको छ । रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ ।समयमा चाहेको रोजगारी नपाउदा विदेश पलायन हुनु पर्ने वाध्यता छ । अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL