Logo

आईएमई १५ औं वर्षमा, भुकम्प पिडितलाई सहयोग

आईएमई १५ औं वर्षमा, भुकम्प पिडितलाई सहयोग


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३१ जेठ, काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले भुकम्प प्रभावित क्षेत्रमा सरसफाइ तथा मग्नावशेष हटाएर आफ्नो वार्षिकोत्सव मनाएको छ । कम्पनीले किर्तिपुरका भुकम्पले भत्काएरका घरहरु हटाउने तथा सरसफाई गरेर १५ औं वार्षिकोत्सव मनाएको हो । यो

आईएमईले ‘१५ औं वार्षिकोत्सव जिम्मेवारीको’ भन्ने नाराका साथ विविध विशेष सामाजिक कार्यक्रमको आयोजना गरेको थियो । जस अनतरगत गत बैशाखमा आएको भुकम्प र त्यसपछिका पराकम्पनले सिर्जित विनासले राष्ट्र नै पुनर्निर्माण लागेका बेला एउटा व्यवसायिक संस्थाको जिम्मेवारीमा रही सामाजिक कार्यमा सहभागिता जनाएको थियो ।

ime-group

 

आईएमईले अबलम्बन गर्दै आएको चार खम्बे सामाजिक उत्तरदायित्व नीति अन्तर्गतका स्वास्थ्य र सुरक्षा, सामाजिक योगदान एवम् शिक्षा र वातावरण जस्ता क्षेत्रमा पुर्याउँदै आएको छ । सरसफाइ तथा भग्नावशेष हटाउने कार्यमा आईएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा आईएमईका ७५ कर्मचारीहरुको सहभागिता थियो ।

यस अघि आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ जम्मा गरेको थियो । त्यसका साथै कर्मचारी, व्यवसायिक साझेदार एवम् दाताहरुबाट प्राप्त हुन आएको ८ लाख ८९ हजार २ सय ९६ रुपैयाँ समेत ग्लोबल आईएमई बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । विपद्का बेला यो वाहेक आईएमईका विदेशस्थित सम्पूर्ण शाखामार्फत् निशुल्क सेवा प्रवाह गरिनुका साथै राहत तथा पुनः स्थापनाका लागि प्रत्यक्ष सहभागिता जनाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL