Logo

मानव अंग प्रत्यारोपण केन्द्रले माग्यो १७० कर्मचारी, ल्याव टेक्निसियन देखि स्टाफ नर्सका लागि रोजगारीको अवसर

मानव अंग प्रत्यारोपण केन्द्रले माग्यो १७० कर्मचारी, ल्याव टेक्निसियन देखि स्टाफ नर्सका लागि रोजगारीको अवसर



काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रमा विभिन्न १ सय ७० जनालाई रोजगारको अवसर जुरेको छ । केन्द्रले विभिन्न क्षेत्रमा पदपुर्ती गर्नका लागि लोकसेवामार्फत उक्त संख्यामा कर्मचारी आह्वान गरेको हो ।

laxmi

केन्द्रले एनेस्थीयोलोजिस्ट देखि ईलेक्ट्रसियनसम्मको पदमा आवेदन मागेको हो । केन्द्रका अनुसार स्टाफ नर्स र नर्सिङ पदका लागि मात्रै ८७ जना माग गरिएको छ । ल्याव टेक्नोलोजिस्ट, फर्मासीस्ट, बायोमेडिकल ईन्जिनियर लगायत विभिन्न २९ पदमा आवेदन खोलेको केन्द्रले जानकारी दिएको छ ।

जसमा आवेदन दिनका लागि आवेदकले सम्बन्धित विषयको अध्यापन गर्नुका साथै केही हदसम्म अनुभव समेत भएको हुनुपर्नेछ । केन्द्रले खोलेको आवेदनको म्याद भने आगामी जेठ ३ गतेसम्म र दोब्बर दस्तुर तिरी १० गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ । उक्त पदहरुका लागि १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनुपर्ने पनि केन्द्रले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL