Logo

आईएमईको पहिलो विजेता बने मल्ल, पोखरेलले हस्तान्तरण गरे १ लाखको चेक

आईएमईको पहिलो विजेता बने मल्ल, पोखरेलले हस्तान्तरण गरे १ लाखको चेक



काठमाडौं । आईएमईको ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्रबहादुर मल्ल पहिलो महिनाको १ लाख रुपैयाँ प्राप्त गरेका हुन् ।

सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट उनले १ लाख रुपैयाँ जितेको आईएमईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उपहार स्वरुपको १ लाख रुप्ैयाँ आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलमार्फत नेत्रबहादुर मल्लको सिफारिस रीता सुनुवारलाई हस्तान्तरण गरेका गरेका थिए ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मंगसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भइसकेका छन् ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत १ हजारको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू. १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू. २० (बिस) लाख नगद प्रदान गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL