Logo

सामाजिक सुरक्षा कोषमा २३ लाख श्रमिक सूचीकृत, योगदान रकम ८३ अर्ब ६५ करोड पुग्यो

सामाजिक सुरक्षा कोषमा २३ लाख श्रमिक सूचीकृत, योगदान रकम ८३ अर्ब ६५ करोड पुग्यो



काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ । कोषले सञ्चालन गर्दै आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उल्लेखनीय प्रगति भएको जनाएको छ ।

कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएको जानकारी दिए । उनका अनुसार हालसम्म २० हजार ९५१ वटा रोजगारदाता संस्था कोषमा आबद्ध भइसकेका छन् ।

गत आवमा कोषले २५ अर्ब ३६ करोड रुपैयाँ योगदान रकम संकलन गरेको छ । योसँगै कुल संकलित रकम ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

सामाजिक सुरक्षा योजनामार्फत कोषले हालसम्म १ लाख १० हजार ६९६ जनालाई औषधि उपचार, ५ हजार ९३३ जनालाई दुर्घटना तथा अशक्तता, ७४५ जनालाई आश्रित परिवार सहायता तथा १ लाख १२ हजार ८६८ जनालाई वृद्ध अवस्था सुरक्षा सुविधा उपलब्ध गराएको छ । यस्ता विभिन्न योजनाबाट हालसम्म १५ अर्ब ७५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्