Logo

झन्डै दुई दशकपछि नेपालीका लागि हङकङको भिसा खुला, को को जान पाउँछन् ?

झन्डै दुई दशकपछि नेपालीका लागि हङकङको भिसा खुला, को को जान पाउँछन् ?



काठमाडौं । अब नेपालीहरुका लागि हङकङ सरकारले भिसा खुलाएको छ । यसअघि सन २००५ मा नेपालीका लागि रोकिएको हङकङको भिसा अब करिव दुई दशकपछि भने खुलेको हो ।

laxmi

हंगकंगका प्रमुख कार्यकारी जोन लीले नेपाली ट्यालेन्टहरुका लागि हङकङले भिसा खुलाएको बताएको हुन् । उनले नीति सम्बोधनमा नेपालीका लागि केहि मापदण्डमा छुट दिएकोसमेत बताएका छन् ।

सन २००५ मा नेपालीका लागि भिसा रोकिएपछि नेपालीलाई हङकङ प्रवेशमा कठिनाई हुने गरेको थियो । यससँगै हङकङले भियतनाम र लाओसका जनताका लागि पनि भिसा खुलाएको छ । खासगरी यो क्षेत्रका विद्यार्थी, विभिन्न प्रतिभाहरुले हङकङको भिसा सजिलै पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL