Logo

अध्यागमनका असक्षम र भ्रष्ट कर्मचारीका कारण कामदारले दुःख पाउँदै, विना कारण फकाईएका ११७ कामदारको क्षतिपूर्ति कसले दिन्छ ?

अध्यागमनका असक्षम र भ्रष्ट कर्मचारीका कारण कामदारले दुःख पाउँदै, विना कारण फकाईएका ११७ कामदारको क्षतिपूर्ति कसले दिन्छ ?



काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले अनावश्यक रुपमा दुख दिँदा वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा पर्ने क्रम बढेको छ । अध्यागमनका कर्मचारीले विना कारण कामदार फर्काउने र म्यानपावर व्यवसायीलाई धम्क्याएर पैसा असुली गर्न थालेपछि त्यसको मार वैदेशिक रोजगारीमा जाने कामदार माथी परेको हो ।

laxmi

जसको पछिल्लो उदाहरण बुधबार र बिहीबार कुवेत जान लागेका ११७ नेपाली कामदार हुन पुगेका छन् । वैदेशिक रोजगार विभागबाट सबै कागजात पुर्याएर अन्तिम श्रम स्वीकृति लिएर गएका कामदारलाई अध्यागमन विभागले कागजात नमिलेको बन्दै फर्काइदियो । तर त्यसको भोलीपल्ट सोही कामगजातका आधारमा अध्यागमन कार्यालयले ती कामदारलाई कुवेतको रोजगारीमा जान स्वीकृति दियो । अघिल्लो दिन के आधारमा रोकियो र भोलिपल्ट सोही कागजातको आधारमा कसरी जान दिइयो भन्ने विषय अध्यागमन कार्यालयले हालसम्म जानकारी दिन सकेको छैन ।

तर अध्यागमन कार्यालयले अनौपचारिक रुपमा भने भिसा नमिलेको कारण कामदारलाई फर्काएको बताउँदै आएको छ । तर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने भिसा नमिलेको भन्दा पनि कर्मचारीको गलत मासिकता र असक्षमताका कारण सबै प्रक्रिया पुरा गरेर कुवेतको रोजगारीमा हिडेका कामदारलाई फर्काइएको जानकारी दिएको छ । ‘विभागबाट सबै प्रक्रिया पुरा गरेर हिडेका कामदारलाई अध्यागमन कार्यालयका कर्मचारीले रोकेर अनावश्यक रुपमा केरकार गर्ने, कामदार पठाउने म्यानपावर व्यवसायीसँग पैसा माग्ने तथा उनीहरुलाई रकम नबुझाएमा कामदारलाई फिर्ता पठाउँदै आएका छन्,’ एक म्यानपावर व्यवासायीले भने, ‘यसअघि कतिपय साथीहरुले अध्यागमन कार्यालयका कर्मचारीसँग किन कराइराख्नु भनेर केही रकम तिरेर पनि पठाउनु भयो तर अहिले कमाउ धन्दामा लागेर सबै कागजात पुगेको कामदारलाई जथाभावी दुख दिन थालेपछि व्यवसायीहरु अध्यागमन विरुद्ध एक हुन परेको हो ।’

अध्यागमन कार्यालयले कुवेत हिडेका ११७ जना कामदारलाई फर्काएपछि नेपाल वैदेशिक रोजगार संघले पत्रकार सम्मलेन नै गरेर विरोध गरेको छ । कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भन्डारीले विभागका नयाँ कर्मचारीले भिसा हेर्न नजानेको र केही कर्मचारीले गलत मनसायले सबै प्रक्रिया पुरा गरेर कुवेत जान विमानस्थल पुगेका श्रमिकलाई रोकेको बताए । ‘हामीले म्यानपावर कम्पनीको गल्ती भए देखाउनु त्यसको सजायको भागिदार हुन तयार छौं,’ कार्यक्रममा उनले भने, ‘तर व्यवसायी र कामदारको कुनै गल्ती नभई अध्यागमनका कर्मचारीको सक्षमता र गलत मनसायले रोकियो ।’

अध्यागनका कर्मचारीले कामदार फिर्ता पठाउँदा टिकट वापतको ठूलो रकम घाटा भएको र रोजगारीमा हिडेका श्रमिकमा समेत नकारात्मक असर परेको भन्दै त्यसको क्षतिपूर्ति पाउनुपर्ने बताए । ‘शंका लागेको भरमा घरबाट खादा र माल लगाएर आएका श्रमिकलाई रोक्ने काम गरियो,’ उनले भने, ‘कर्मचारीले गलत मनशायल शंका लाग्यो भन्दै रोजगारीमा जान लागेका कामदार फर्काउने हो भने कसरी व्यवसाय गर्न सकिन्छ ?’

कानुन त अध्यागमनको कर्मचारीको काम भिसा ठिक छ वा छैन जाँच गर्ने हो । तर पछिल्लो समय वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पुरा गरेर गएका कामदारलाई पनि अध्यागमनले दुःख दिने नियतले सबै कागजात जाँच गरी हतोत्साहित गर्दै आएको छ । जसका कारण बुधबार र बिहीबार कुवेत जान रोकिएका कादारको टिकट वापत मात्रै व्यवसायीले ७० लाख रुपैयाँभन्दा बढी गुमाउनु परेको छ ।

अध्यागमनले कामदार फकाए लगत्तै ९ जनाको भिसा मिति सनिक लागेकाले म्यानपावर व्यवसायीले सोही कामजातको आधारमा अर्को टिकट काटेर पठाएका छन् । अन्य कामदार भने काठमाडौंमै अलपत्र परेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL