Logo

आईएमईले ल्यायो मोवाइल एप सेवा, मोवाइबाटै हरेक सुविधाको जानकारी लिन सकिने

आईएमईले ल्यायो मोवाइल एप सेवा, मोवाइबाटै हरेक सुविधाको जानकारी लिन सकिने


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१६ मंसिर, काठमाडौं । इण्टरनेशनल मनी एक्सप्रेस (आइएमई) ले मोबाईल एप सेवा शुरु गरेको छ । कम्पनीले यसपटक प्रविधिमैत्री सेवा मोबाईल एप सेवा संचालनमा ल्याएको हो । जनतामा प्रविधिको पहुँच बढेसँग सरल र छिटो तरिकाबाट सेवा प्रदान गर्नका उक्त सेवाको सुरुवात गरिएको आइएमईद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार हरेक स्मार्टफोनमा आईएमईको मोबाईल एप डाउनलोड गरेर सेवाग्राहीहरुले आईएमईका विभिन्न सेवाहरु, नजिकको एजेन्ट लोकेशन, पठाउन चाहेको रकमका लागि लाग्ने शुल्क, आफनो ट्रान्जेक्शनको पछिल्लो स्थिति थाहा पाउन सक्नेछन् ।

im

यसका साथै आईएमईका विभिन्न योजना तथा गतिविधिहरुका बारेमा मोबाईल एपका माध्यमबाट जानकारी लिन सकिने छ । उक्त मोबाईल एप गुगल प्ले स्टोर, गुगल प्ले सर्भिस र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

आइएमईले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै विभिन्न नयाँ योजना लागू गर्दै आएको छ । ग्राकलाई नयाँ सेवा र सुविधा दिएकै कारण कम्पनीले सफलता हात पारेको कम्पनीको भनाइ छ । हाल कम्पनीले ७५ जिल्लाका ३ हजार २ सयभन्दा बढी एजेन्ट तथा सब–एजेन्ट र १ सय १० आईएमई सेन्टरमार्फत् छिटो, छरितो र सुरक्षित रुपमा रेमिट्यान्स भुक्तानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL