Logo

आइरिन शैक्षिक मेला हुँदै, विद्यार्थीले विदेशी शिक्षाको वारेमा जानकारी लिन पाउने

आइरिन शैक्षिक मेला हुँदै, विद्यार्थीले विदेशी शिक्षाको वारेमा जानकारी लिन पाउने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२७ कात्तिक, काठमाडौं । इण्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ इनिटेटिभ अफ नेपाल (आइरिन)ले शैक्षिक मेला आयोजना गर्ने भएको छ । आइरिनले ‘आइरिन इण्टरनेशनल एजुकेशन फेयर २०१४’ को आयोजना गर्न लागको हो ।

bizkhabar_ierin
सवैमा गुणस्तरिया शिक्षा पु¥याउने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागिएको मेला संयोजक विज्ञान श्रेष्ठले बताए । ‘विश्व परिवर्तित परिवेशमा नेपाली विद्यार्थीहरुलाई विदेशी शिक्षा प्रणाली तथा त्यसको भविश्यको वारेमा जानकारी गराइने छ,’ उनले भने, ‘साथै, मेलाले सहुलियत, सुविधा र गुणस्तरिय नेपाली विद्यार्थीको सहज पहुँच पु¥याउन सहयोग गर्नेछ ।’
अन्नपूर्ण होटलमा यही मंसिर ६ र ७ गते चल्ने उक्त मेलामा स्वदेशी तथा विदेशी एजुकेशन कन्सल्टेन्सीहरुको सहभागिता रहनेछ । शिक्षा मन्त्रालय तथा विभिन्न संघसस्थाको सहकार्यमा आयोजना गर्न लागिएको उक्त मेलामा भारत, जापान, अमेरिका, वेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, फिलिपिन्स, आयरल्याण्डलगायतका देशको कलेज तथा विश्वविद्यालयको सहभागिता रहने आयोजकले बताएको छ । मेलामा विभिन्न ३८ वटा स्टल राखिने छ । मेलामा अभिभावक तथा विद्यार्थीको उत्साहजनक सहभागिता हुने विश्वास समेत आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL