Logo

बढि शुल्क असुल्ने मेडिकल कलेजलाई गृहको अल्टिमेटम, मंगलबारसम्म फिर्ता नगरे सञ्चालक पक्राउ

बढि शुल्क असुल्ने मेडिकल कलेजलाई गृहको अल्टिमेटम, मंगलबारसम्म फिर्ता नगरे सञ्चालक पक्राउ



काठमाडौ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता गर्न निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको गृह मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

केही समयदेखि चिकित्साशात्र अध्ययनरत विद्यार्थीहरु कजेल संचालकहरुले बढि शुल्क लिएको भन्दै आन्दोरत छन् । सोही विषयमा समाधान निकाल्न आज बसेको बैंठकले मंगलबारसम्म अतिरिक्त शुल्क नगरे कलेज सञ्चालकलाई कानुनी कारबाही अघि बढाउन वनर्देशन दिएको हो ।

उक्त निर्देशनसँगै प्रहरीले उजुरीको आधारमा बढि शुल्क लिने संचालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन सक्ने भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL