Logo

हिसान शैक्षिक मेलामा उत्साहजनक सहभागिता, तेस्रो दिन ७५ हजारले गरे अवलोकन

हिसान शैक्षिक मेलामा उत्साहजनक सहभागिता, तेस्रो दिन ७५ हजारले गरे अवलोकन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कान्तिपुर हिसान शैक्षिक मेलाको तेस्रो दिन शनिबार ७५ हजार विद्यार्थी र अभिभावकले अवलोकन गरेका छन् । बिहीबार र शुक्रबारको भन्दा दोब्बर विद्यार्थी मेलामा सहभागि भएको आयोजकले जानकारी दिएका छन् ।

उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार बिहीबार २० हजार र शुक्रबार ५० हजारले विद्यार्थीले अवलोकन गरेका थिए । मुलुकका उत्कृष्ट कलेजको स्टल मेलामा भएपछि बिज्रकोर्ष गरिरहेका छोराछोरी लिएर अभिभावक आउने गरेका छन् । त्यही कलेजको माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुले मेलामा आउनेलाई परामर्श दिने गरेका छन् । आफनै उमेरका सहपाठीले कलेजको सेवा सुविधा र शैक्षिक अवस्था बारे जानकारी दिने भएपछि विद्यार्थीहरुमा आकर्षण बढेको हो ।

हिसानका बरिष्ठ उपाध्यक्ष युवराज शर्माले एसएलसी दिएर बसेका विद्यार्थीलाई कहाँ पढ्ने र कुन बिषय पढने भन्ने अन्यौललाई हटाउन मेला सफल भएको बताए । ‘के पढने ? कहा पढने भन्ने परामर्श दिनु जरुरी थियो,’उनले भने ,‘विद्यार्थीहरु उच्च माध्यमिक तहको पढाई बारेमा जानकारी लिन सबैजासो कलेजमा छिरेर बुझ्ने धैर्य बोकेर आएका छन ।’

त्यस्तै उच्च माध्यमिक तहको पढाई कसरी हुन्छ ? बिषय छनौट कसरी गर्ने ? बारे जानकारी मेलामा दिइएको छ । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि स्वदेशमै पढाई हुने बिषय र कलेजको बारेमा जानकारी लिन मेलामा आउने गरेका छन् । मेला भोली आइतबार सकिदैछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL