Logo

गण्डकी मेडिकल कलेजका सञ्चालहरुविरुद्ध मुद्दा दायर, सम्बन्धन दिँदा अनिमियतता

गण्डकी मेडिकल कलेजका सञ्चालहरुविरुद्ध मुद्दा दायर, सम्बन्धन दिँदा अनिमियतता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी मेडिकल कलेजका अध्यक्ष लगायत संचालकहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कलेजका संचालक र निरीक्षण टोलीको मिलेमत्तोमा झुटा विवरण पेश गरी १ सय ५० सिटको सम्बन्धन दिएको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले कलेज संचालक समितिका अध्यक्ष खुमाप्रसाद अर्याल, प्राध्यापक गणेशकुमार राईलगायत विभिन्न १२ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । त्रिभुवन विश्वबिद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त निजी स्तरमा सञ्चालित गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रालि पोखराको एमविविएस तर्फको सिट संख्या निर्धारण गर्नका लागि नियमित निरीक्षण गर्न प्राडा गणेशकुमार राईलाई सदस्य तोकी कमिटि गठन गरिएको थियो ।

तर, उनीहरुले कलेज संचालकहरुको मिलेमत्तोमा स्वीकृति नै नभएका फ्याकल्टीहरुमा झुटा विवरण बनाई स्वीकृति दिएको भन्दै मुद्दा दायर गरिएको हो । झुठ्ठा विवरणहरु दिई त्रिभुवन विश्वबिबद्यालय र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोलीका सदस्यहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम मुद्दा दायर गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL