Logo

जनमैत्रीलाई ‘अन्कन’को ५ लाख सहयोग,कैलास बैंकका अध्यक्ष गिरीले गरे हस्तान्तरण

जनमैत्रीलाई ‘अन्कन’को ५ लाख सहयोग,कैलास बैंकका अध्यक्ष गिरीले गरे हस्तान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुको संस्था युएसए नेपाल कम्युनिटी आउटरिच नेटवर्क (अन्कन)ले काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसलाई ५ हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।

भूकम्पबाट क्षतिग्रस्त क्याम्पसको भवन पुनर्निर्माणका लागि सो रकम सहयोग गरिएको हो । गत वैसाख १२ गतेको भुकम्पमा क्याम्पसका दुई ओटा भवन पूर्णरुपले क्षतिग्रस्त भएका छन् ।
सोमवार एक कैलास विकास बैंकका अध्यक्ष तथा लायन्स क्लबका ब्राण्ड एम्बेसडर राजेन्द्र गिरीले अन्कनका तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. डिल्लिराज खनाल र क्याम्पस प्रमुख भोलानाथ ओझालाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गिरिले शिक्षा क्षेत्रमा यस्तै सहयोग जारी रहने बताए । डा. खनालले प्राप्त सहयोगलाई क्याम्पस भवनको पुनर्निर्माणमा प्रयोग गरिने जानकारी दिए ।

लायन्स क्लब इण्टरनेशनल, डिष्ट्रिक्ट ३२५ए२ का गभर्नर रुद्रहरि ज्ञवालीले शिक्षा क्षेत्रको विकासमा लायन्सको सहयोग जारी रहने बताउँदै भुकम्पमा ठूलो क्षति भोगे पनि तत्कालै शैक्षिक कार्यक्रमहरु सुचारु राखेकोमा जनमैत्रीको प्रशंसा गरे । जनमैत्रीमा झण्डै १ हजार ६ सय  विद्यार्थी अध्ययनरत छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL