Logo

लाइट्स टु हिमालयले बनायो विद्यालय, स्वास्थ्य सिविर पनि संचालन गर्दै

लाइट्स टु हिमालयले बनायो विद्यालय, स्वास्थ्य सिविर पनि संचालन गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लाइट्स हिमालयले आफ्नै खर्चमा विद्यालय निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त संस्थाले कुल ८ लाख ५० हजार रुपैयाँमा कक्षा ३ सम्म अध्ययन गर्नका लागि विद्यालय निर्माण गरेको हो ।

लाइट्सले ताप्लेजुङको हान्द्रुकमा ३ कक्षा सम्मको ३ कोठे पक्कि भबन निर्माण गरेको हो ।
संस्थाका अध्यक्ष मणिराज खतिवडाले बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तुलसी पौडेललाई सो भबन हस्तान्तरण गरेका हुन् । सो बिद्यालयमा अहिले ५० भन्दा बढि बिद्यार्थीहरु अध्ययनरत छन् ।

शिक्षा, स्वस्थ्य र बाताबरण सम्बन्धी कार्य गरिरहेको संस्था लाइट्स टु हिमालयले ताप्लेजुङ, ओखलढुंगा र कालिकोटका बिभिन्न बिद्यालयहरुलाई आर्थिक र भौतिक सहयोग गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL