Logo

बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा अयोगको निर्णय

बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा अयोगको निर्णय



काठमाडौं । चिकित्सा शिक्षा आयोगले बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बालुवाटारमा बसेको आयोगको बैठकले झापा स्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्ध दिने निर्णय गरेको हो । 

यस अघि काठमाडौं विश्व विद्यालयले बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिनका लागि आयोगमा सिफारिस दिएको थियो । सोही अनुरूप आज बसेको आयोगको बैठकले चिकित्सा शिक्षा ऐनको दफा ६ अनुसार मेडिकल कलेज संचालनको अनुमति दिने निर्णय गर्दै काठमाडौं विश्व विद्यालयलाई सिफारिस गरेको हो । 

उक्त दफा अनुसार उक्त ऐन जारी हुनु पूर्व मनसायपत्र लिई मापदण्ड पूर्वाधार गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थालाई आयोगले निर्णय गरे अनुरूप मेडिकल कलेजको लाइसेन्स दिन मिल्ने छ । 
 

प्रतिक्रिया दिनुहोस्
MBL