Logo

विश्व बैंकले गर्यो नेपाललाई ५ अर्ब २२ करोड सहयोग, जलवायु परिवर्तनको न्यूनीकरणमा खर्च गरिने

विश्व बैंकले गर्यो नेपाललाई ५ अर्ब २२ करोड सहयोग, जलवायु परिवर्तनको न्यूनीकरणमा खर्च गरिने



काठमाडौं । विश्व बैंकले नेपाललाई ४ करोड ५० लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार ५ अर्ब २२ करोड ७६ लाख ५० हजार रुपैयाँ) सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई जंगल फडानी रोकी जलवायु परिवर्तनको असर न्युनिकरणमा सहयोग पुर्याउन उक्त सहयोग गर्ने भएको हो । विश्व बैंकको फरेस्ट कार्वन पार्टनरसीप फ्यासीलिटी (एफसीपीएफ) र नेपाल सरकारबीच उक्त सहयोगसम्बन्धी सम्झौता भएको हो ।

उक्त सहयोगसँगै नेपालले तराई क्षेत्रमा मात्रै ९० लाख टन कार्वनडाईअक्साईड लाई कम गर्न सक्ने अनुमान गरिएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र माल्दीभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशिय निर्देशक फरीस हदाद जर्भसले हस्ताक्षर गरेका हुन् ।
पछिल्लो समय विश्व बैंकले दक्षिण एशियाली राष्ट्रहरुलाई कार्वन ईमिसन मुक्त गराउनका लागि पनि यस्तो सहयोग गर्दै आएको देशिय निर्देशक जर्भस बताउँछन् ।

उनका अनुसार नेपालका लागि दिईने उक्त सहयोग भने कामको प्रगति अनुसार भुक्तानी गरिनेछ । उक्त सम्झौता अनुसार नेपालले वनजंगलको धनी मानिएको तराई क्षेत्रमा हुने वनजंगल फँडानीलाई रोक्ने काम गर्नेछ । नेपालको तराई क्षेत्र देशभरीको २० प्रतिशत जंगल भएको क्षेत्र हो, जुन २४ लाख हेक्टरमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL