Logo

कोरोना प्रभावित अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई दियो २३ अर्ब सहयोग

कोरोना प्रभावित अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई दियो २३ अर्ब सहयोग



काठमाडौं । विश्व बैंकले कोरोनाबाट प्रभावित नेपालको अर्थतन्त्रलाई माथि उकास्न २० करोड अमेरिकी डलर (२३ अर्ब ४० करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ । बैंकले नेपालमा कोरोना भाईरसले पारेको प्रभाव र अर्थतन्त्रमा परेको असरलाई न्युनिकरण गर्न उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

‘कोरोना महामारीको अवस्थामा नागरिकको स्वास्थ्यलाई सबैभन्दा बढी महत्वका साथ हेरिनुपर्छ र अर्थतन्त्रलाई पनि सोही अनुसार चलायमान बनाउनुपर्छ,’ विश्व बैंक नेपाल, माल्दिभ्स र श्रीलंकाका देशिय निर्देशक फरिस हदाद जर्भसले भने, ‘यस सहयोगले नेपालले वित्त क्षेत्रमा परेको कोभिडको असरलाई न्युनिकरण गर्न सहयोग पुग्नेछ ।’

विश्व बैंकले ल्याएको ‘वृद्धिका लागि वित्त’ अपरेसनले महामारीबाट प्रभावित बैंक तथा वित्तीय संस्थाहरुको चुनौतिलाई नियमन गर्न सहयोग पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL