Logo

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोडको, यस्तो छ विनियोजन

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोडको, यस्तो छ विनियोजन



काठमाडौं । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब ३५ करोड २५ लाखको बजेट पेश गरेका हुन् ।

laxmi

बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार विजियोजन गरिएको छ ।

यस्तै बजेटको स्रोतमा आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २७ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड ७१ लाद, सशर्त अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालु खर्चको बचत ७ अर्ब ९४ करोड ५० लाख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL