Logo

एमसीसीबारे संसदमा अर्थमन्त्रीको जवाफ, ‘यो ३ बर्षदेखि बजेटमा समावेश हुँदै आएको छ’

एमसीसीबारे संसदमा अर्थमन्त्रीको जवाफ, ‘यो ३ बर्षदेखि बजेटमा समावेश हुँदै आएको छ’



काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई सरकारले विगत ३ बर्षदेखि बजेटमा समावेश गर्दैै आएको जानकारी दिएका छन् ।

laxmi

संसदले स्वीकृत नगरेको एमसीसी बजेटमा राखेको विषयमा सांसदहरुले विरोध जनाएपछि अर्थमन्त्री खतिवडाले सोको जवाफ दिँदै एमसीसीलाई सरकारले विगत ३ बर्षदेखि बजेटमा राख्दै आएको र संसदले पास गरेपछि मात्रै कार्यान्वनयमा ल्याईने बताए ।

‘एमसीसीको विषयमा संसदमा प्रवेश पाएको छ यहाँबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ,’ उनले भने, ‘संसदबाट एमसीसी पार नभएसम्म बजेटमा समावेश गरिएपनि कार्यान्वयनमा जाँदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL