Logo

बजेटमा ६० अर्ब बराबरको राहतको व्यवस्था गरेका छौं : अर्थमन्त्री खतिवडा

बजेटमा ६० अर्ब बराबरको राहतको व्यवस्था गरेका छौं : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न सुविधामार्फत बजेटमा विभिन्न क्षेत्रका लागि ५५ देखि ६० अर्ब बराबरको राहतबापत खर्च गर्ने बताएका छन् । शुक्रबार आगामी आर्थिक बर्षको बजेटका बिषयमा उठेका सवालको जवाफ दिँदै उनले उक्त कुराको जानकारी दिएका हुन । उनका अनुसार करछुट, रोजगारी सिर्जनाका लािग विभिन्न क्षेत्रमा दिईएका छुटलगायत गरी उक्त राहत दिनेगरी बजेट ल्याएको बताए ।

राहत भनेको करछुट, नगद फिर्ता, विभिन्न छुटलगायतमा पर्ने भन्दै यस्ता क्षेत्रमा विभिन्न सहुलियत दिने बताए । उनका अनुसार बेरोजगार युवाहरुलाई रोजगारीका लागि भन्दै झण्डै ६ अर्ब बढी खर्च गर्ने गरी बजेट ल्याईएको छ । यस्तै विद्युतको महशुल छुटमा मात्रै ८ अर्ब बराबरको छुट गर्न लागेको उनको भनाई छ । यस्तै बायुसेवा कम्पनीलाई दिने विभिन्न छुटमा पनि करिव सवा अर्व बढी योगदान पुग्ने उनले बताए ।

सामाजिक सुरक्षा कोषमा जाने केही रकम पनि राहतभित्रै पर्ने उनले बताए । सहुलियतपुर्ण कर्जा दिँदा बैंकहरुलाई दिने अनुदान मात्रै १४ अर्ब बढी पुग्ने उनको भनाई छ । यी सबै क्षेत्रमा दिइने छुट, नलद, अनुदानलगायत गरी ५५ देखि ६० अर्ब बराबरको राहतमा मात्रै खर्च हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL