Logo

विश्व बैंकद्वारा २ सय मिलियन डलर ऋण सहायता, ८६ हजार घर पुनर्निर्माणमा खर्च हुने

विश्व बैंकद्वारा २ सय मिलियन डलर ऋण सहायता, ८६ हजार घर पुनर्निर्माणमा खर्च हुने



काठमाडौं । विश्व बैंकले ८६ हजार ६८० घरको पुनर्निर्माणका लागि २ सय मिलियन डलर ऋण सहायता गर्ने भएको छ । विश्व बैंकले नेपालको भुकम्प पछिको पुनर्निमार्णका लागि उक्त रकम दिने भएको हो । विश्व बैंकबाट नेपाललाई दिने २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत भएको बैंकले जानकारी दिएको छ । बैंकले भूकम्पले भत्काएका घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरेको हो ।

विश्व बैंकले हाल नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) संचालन गरिरहेको छ । परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गर्न लागेको हो । सन् २०१५ को भूकम्पबाट प्रभावित निजी आवासतर्फ थप ८६ हजार ६ सय ८० घरको पुनर्निर्माणका लागि यो अनुदान उपलब्ध गराउने गरी विश्व बैंकले यो रकम उपलब्ध गराएको हो ।

भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा यो रकम खर्च हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL