Logo

आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण, नेपालमा अझै अनुमानको भरमा तथ्यांक बनाउने गरेको अर्थमन्त्रीको आरोप

आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण, नेपालमा अझै अनुमानको भरमा तथ्यांक बनाउने गरेको अर्थमन्त्रीको आरोप



काठमाडौं । विश्व बैंकले आगामी आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ओरालो लाग्ने जानकारी दिएको छ । सरकारले आर्थिक वृद्धिदर बढाउने लक्ष्य लिईरहेको बेला विश्व बैंकले सन २०२० मा नेपालको आर्थिक बृद्धिदर ६ दशमलव ४ प्रतिशतमै सिमित रहने प्रक्षेपण गरेको हो ।

laxmi

नेपालले चालु आर्थिक बर्षको अन्त्यसम्म ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । यता विश्व बैंकले भने आगामी लगातार २ बर्ष नेपालको आर्थिक वृद्धिदर घटेर क्रमशः ६ दशमलव ४ र ६ दशमलव ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले ‘नेपाल डेभलपमेन्ट अपडेट २०१९’ प्रतिवेदन सार्वजनिक गर्दै चालु बर्ष भने नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुगेको जानकारी दिएको छ । विश्व बैंकले नेपालमा मनसुनको कमी र कृषि क्षेत्रमा खस्किदो उत्पादनले आगामी बर्ष आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालले आगामी आर्थिक बर्षसम्म ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि पुर्याउने लक्ष्य लिएको बताएका छन । उनले प्रविधिको पहुँच हुँदाहुँदै पनि अनुमानको भरमा तथ्याङ्क बनाउनाले विश्व बैंककै कतिपय तथ्याङ्कहरुमा त्रुटि हुने गरेको बताएका छन । नेपालमा अझै पनि अनुमानकै आधारमा तथ्याङ बनाउने गरिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL