Logo

राष्ट्र संघले भन्यो : नेपाल लगायत अति कम विकसित राष्ट्रहरु बाहिरी स्रोतमा निर्भर, रेमिट्यान्स र आईएनजीओ मुख्य स्रोत

राष्ट्र संघले भन्यो : नेपाल लगायत अति कम विकसित राष्ट्रहरु बाहिरी स्रोतमा निर्भर, रेमिट्यान्स र आईएनजीओ मुख्य स्रोत



काठमाडौं । संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको अंकट्याड रिपोर्टले अतिकम विकसित राष्ट्रहरु बाहिरी स्रोतमा बढी निर्भर रहेको देखाएको छ । संयुक्त राष्ट्र संघले अतिकम विकसित विभिन्न ४७ देशमा गरेको अध्ययनमा उक्त देशहरु रेमिट्यान्स, गैर सरकारी संस्था लगायतसँग निर्भर रहेको देखाएको हो ।

laxmi

राष्ट्र संघका अनुसार उक्त मुलुकहरुलाई २०२२ सम्म विकसित देशका रुपमा घोषणा गर्ने कार्यक्रम रहेकोमा सोही अनुसारको प्रगति भने कम रहेको छ । रिपोर्टमा उल्लेख भएअनुसार उक्त अतिकम विकसित मानिएका देशहरुमा उद्योगमा लगानी न्युन रहेको समेत देखाएको छ ।

विभिन्न कारणले यस्ता मुलुकको विकासको परिवेशमा गिरावट आउने गरेको उक्त रिपोर्टले देखाएको हो । यी मुलुकहरुले राष्ट्र बैंकको उक्त लक्ष्यमा पुग्न आन्तरिक स्रोतमा बढावा दिनुपर्ने, आन्तरिक राजस्वमा वृद्धि गरिनुपर्ने लगायतका सुझाव उक्त रिपोर्टले दिएको छ ।

रिपोर्टले नेपाल लगायत ४७ ओटा राष्ट्र्ले राष्ट्र संघको उक्त लक्ष्यमा पुग्नका लागि आवश्यक बजेटसमेत विनियोजन नगर्ने गरेको औंल्याएको छ । यस्ता राष्ट्र्हरुले विकासमा गरिने खर्च विदेशी ऋण लिएर गर्ने गरेकाले ऋणको चक्रमा फस्ने जोखिम समेत रहेको राष्ट्र् संघ नेपालका अर्थशास्त्री सुवास नेपालीले जानकारी दिए । उनका अनुसार नेपाल लगायत कम विकसित राष्ट्र्हरुले आन्तरिक राजस्व उठौतिमा उल्लेख्य भुमिका खेल्नुपर्ने बताएका छन ।

अंकट्याड रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र संघकी आवासिय संयोजक आईसानी मेडागान्गोडा लेबले नेपालमा हाल निजी क्षेत्र अघि बढेको र गैर सरकारी संस्थाहरुको योगदान घट्दै गएकाले नेपाल २०२२ सम्म संयुक्त राष्ट्र् संघको उक्त लक्ष्यमा पुग्न सफल हुने बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्
MBL