Logo

मलेसिया बन्द हुँदा घट्यो नेपाल भित्रने रेमिटान्स, दुई महिनामा भित्रियो १ खर्ब ५३ अर्ब

मलेसिया बन्द हुँदा घट्यो नेपाल भित्रने रेमिटान्स, दुई महिनामा भित्रियो १ खर्ब ५३ अर्ब



काठमाडौं । केही समययता लगातार उकालो लागेको रेमिटान्स आप्रबाहको वृद्धिदरमा ब्रेक लागेको छ । आर्थिक बर्ष २०७५/७६ को दुई महिनामा नेपाल भित्र्ने रेमिटान्स वृद्धिदर ३३ दशमलव ३ प्रतिशतले बढेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा शुन्य दशमलव ३ प्रतिशतले घट्न पुगेको छ ।

नेपाली कामदारको पहिलो आकर्षक गन्तव्य मलेसियाको रोजगारी बन्द हुँदा नेपाल भित्र्ने रेमिटान्स आप्रबाहमा गिरावट आएको हो । चालू आबको दुई महिनामा नेपाल भित्रने रेमिटान्समा गिरावट आउँदै कुल १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँमात्र भित्रिएको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो बर्षको तुलनामा चालू आबका नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम बढेपनि करिव डेड बर्षसम्म सरकारले मलेसियाको रोजगारी बन्द गर्दा त्यसको प्रत्यक्ष असर नेपाल भित्र्ने रेमिटान्समा पर्न गएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

गत आबको पहिलो दुई महिनामा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ३९ प्रतिशतले गिरावट आएकोमा चालू आबको सोही अबधिमा शुन्य दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL