Logo

अर्थमन्त्री डा खतिवडाले भने, यसरी गर्न सकिन्छ साढे ८ प्रतिशत आर्थिक वृद्धि

अर्थमन्त्री डा खतिवडाले भने, यसरी गर्न सकिन्छ साढे ८ प्रतिशत आर्थिक वृद्धि



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन ।

laxmi

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै डा. खतिवडाले भने, ‘सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन ।’

अर्थमन्त्री खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र १ अर्ब रुपैयाँ माथी बजेट विनियोजन गरिएको बताए ।

दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उनले भने, ‘दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ ।’

अर्थमन्त्री डा खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने बताएका छन । डा खतिवडाको जवाफमाथि सांसद डिला संग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाएका छन ।

सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरेका छन । अर्थमन्त्री खतिवडाले जवाफ दिँदै आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने हो, जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य रहेको बताए ।

उनले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको बताउँदै विप्रेषणको रकम उपयोग भइराखेको समेत जानकारी दिएका छन /रासस

प्रतिक्रिया दिनुहोस्
MBL